Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाले जापानमा भेटिन् नयाँ प्रेम

फिल्मीखबर, काठमाडौं, 2015/12/22

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की अहिले जापानमा छन् । जापानामा आयोजना भएको मह यात्रामा सहभागी हुन यी दुई कलाकार त्यहा पुगेका हुन् ।मदनकृष्णसँग छोटो  समयमा नै प्रियंका प्रभावित भएकी छिन् । उनले जापनामा मदनकृष्णसँत तस्बिर खिचाउँदै आफू उनको फ्यान भएको बताइन् ।

प्रियंकाले आफू मदनकृष्णको सधै ठूलो फ्यान भएको बताउँदै अहिले झन् फ्यान भएको लेखेकी छिन् । उनले आफू मदनकृष्णको प्रेममा पूर्ण रुपमा परेको बताइन् । यसको अर्थ प्रियंकालाई मदनकृष्णको बानी ब्यहोरा र नरम शैलीले प्रभावित तुल्याएको छ । जसका कारण उनले मदनकृष्णलाइ प्रेम गर्न  थालेकी हुन् ।

 

प्रियंकाले आफू मदनकृष्णसँग उभिन पाउनु आफ्ना लागि सौभाग्य भएको पनि लेखेकी छिन् ।नेपाली फिल्म क्षेत्रमा अहिले सम्मानको प्रथा हराउँदै गएको बताइन्छ । प्रियंका भने बरिष्ठ कलाकार मदनकृष्णलाई प्रेम गरेको उद्घोष गरेर सम्मान दिईरहेकी छिन् ।

Most Visited News (monthly)