Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15673 - 15678 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-10-18, आईतवार

फिल्म चल्न करिब ५ महिना बाँकी रहँदै निर्माता तथा संगीतकार चेतन सापकोटाले फिल्म भाग् सानी भाग्को आइ लभ यू बोलको गीत सार्वजनिक गरेका छन् । नवल नेपालले निर्देशन गरेको यो फिल्मको गीत तिहार पर्वलाइ लक्षित गरि सार्वजनिक गरिएको चेतनको भनाई छ । तिहारमा गीत घन्किएको खण्डमा त्यसले फिल्मलाई पनि फाइदा पुग्ने विश्वास उनको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-10-18, आईतवार

अभिनेत्री रजनी केसी हिजोआज टेलिभिजनका पर्दादेखि मिडियामा छाएकी छिन् । फिल्म ‘लोफर’ निर्माण गर्ने तयारी गर्दै गर्दा रजनीको चर्चा खुबै भएको थियो । निर्माता छविराज ओझाको ब्यानरबाट डेब्यू गरेकी रजनीको चर्चा सो समयमा खुबै भयो । तर, फिल्म असफल भएपछि रजनी पनि हराइन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-18, आईतवार

अभिनेता निखिल उप्रेती एक्सन फिल्मका कारण चिनिएका छन् । निखिलको चर्चा पनि यस्तै फिल्मका कारण हुने गर्दछ । निखिल फिल्म क्षेत्रमा ५ बर्षपछि कमब्याक हुँदै गर्दा भैरव जस्तो एकसन फिल्मका साथ भएका थिए । उनले अभिनय गरेको अर्कोृ एक्सन प्रधान फिल्म ‘लुटेरा’ कात्तिक २७ गतेबाट चल्दैछ । निखिललाई दर्शकले एक्सन फिल्ममा रुचाएका पनि छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-17, शनिवार

गायिका इन्दिरा जोशीलाई म्युजिक भिडियोमा त धेरै चोटि देखिएकै हो । सुन्दरतामा कुनै हिराईन भन्दा कम नलाग्ने इन्दिरा म्युजिक भिडियामा यदाकदा राम्रै कम्मर मर्काउँथिन् । तर यो पटक इन्दिराले स्थापित हिरोइनलाई टक्कर दिनेगरी कम्मर मर्काएकी छिन् त्यो पनि फिल्मको गीतमा ।

फिल्मीखबर, काठमाडौं, 2015-10-17, शनिवार

राजनीतिक कथामा बनेको फिल्म ‘नागरिक’को ट्रेलर बाहिरिएको छ । ट्रेलरले फिल्म राजनीतिक विषयमा बनेको र दिग्गज अभिनेताको अभिनयका कारण दर्शनीय बनेको संकेत गरेको छ । फिल्ममा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेति र सरिता गिरी जस्ता माझिएका कलाकार देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2015-10-16, शुक्रवार

अभिनेता आर्यन सिग्देल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । चक्लेटी नायकका रुपमा परिचित आर्यन चलचित्र सुश्रीमा भने कमेडी भुमिकामा रहेको शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । करिब ७ महिना पछि आर्यन अभिनित चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

Results : 15673 - 15678 of 24018