
भूकम्पका कारण दुर्गम क्षेत्रमा भत्किएका विद्यालय पुपुनर्निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको क्यानबेरामा नेपाली चलचित्र ‘बोक्सी’को विशेष प्रदर्शन गरिने भएको छ । क्यानबेरास्थित सरकारी संग्रहालय नेशनल फिल्म एण्ड साउण्ड अर्काइभले चलचित्र प्रदर्शनलाई सहयोग गर्ने भएको छ ।

अभिनेता भूवन केसी फिल्म ‘ड्रिम्स’को छायांकन सकाउने तरखरमा छन् । यो फिल्मसँगै भुवनले निर्देशनमा हाम फालेका हुन् । भूवन केसी निर्देशनमा प्रवेश गरेपछि अब उनलाई पारिवारिक रुपमै चुनौती मिलेको छ ।

मन्जिना मुभिजको ब्यानरमा बन्न लागेको फिल्म 'यो साइनो मायाको'को लागि निर्माण युनिट नयाँँ अनुहारको खोजीमा छ । मन्जिना श्रेष्ठले तयार पारेको स्कृप्टमा अरुण प्रधानले आफ्नो निर्देशकिय कला प्रस्तुत गर्नेछन् ।

आफू जुरी बस्दा फिल्मीकर्मीले आफूले खेलेका फिल्मदेखि निर्देशन गरेका फिल्मलाई अवार्डको प्रतिस्पर्धाबाट बाहिर राख्ने गरेका छन् । तर, आठौ नेफ्टा फिल्म अवार्डका लागि जुरीका संयोजक समेत रहेका नारायण पुरीले भने छोरा संयम पुरीलाई नै बाहिर राखिदिए ।

निर्देशक शोभित बस्नेत छोरा सलोन बस्नेतको फिल्म प्रदर्शनको समयमा खुबै लाग्छन् । छोराको प्रचारमा शोभितले कुनै कसर नै बाँकी राख्दैनन् । अहिले पनि शोभित आफ्ना छोरा सलोन बस्नेतको अभिनय रहेको फिल्म लभ सबको प्रचारमा देखिएका छन् । शोभितले गोप्य शैलीमा अहिले केही साथीहरुसँग मिलेर फेसबुक क्याम्पियन नै चलाएका छन्, जसमासलोनलाई हाइलाइट गरिएको छ ।

भाद्र २५ मा रिलिज हुने चलचित्र ‘लब सब’ दोस्रो को गीत सार्वजनिक गरिएको छ । ‘सुन सुन’ शीर्षकको गीत मकवानपुर आइडलका प्रतिस्पर्धी शिव बजगाईले गाएका हुन् । पाश्र्व गायनमा उनको यो पहिलो गीत हो । गीतमा सुजिल कर्माचार्यको संगीत रहेको छ । सुरेन्द्र रानाको शब्द रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

