Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

रीमाको नजरमा आर्यन रियल स्टार

फिल्मीखबर, काठमाडौं, 2015/12/22

अभिनेता आर्यन सिग्देल अहिलेका सर्वाधिक व्यस्त र चर्चित कलाकार हुन् । फिल्मको बक्स अफिसले उनको करिअरमा कुनै असर पारेको छैन । आर्यनको विकल्पमा फिल्म क्षेत्रमा अरु कलाकार आउन सकेका छैनन् । यसैले लिए पनि आर्यन नलिएपनि आर्यन भने जस्तै छ ।


उनै आर्यन सिग्देललाई अभिनेत्री रिमा विश्वकर्माले स्टार देखेकी छिन् । आर्यनलाई रिमाले स्टार देख्नुको कारण उनको फिल्म हिट हुनु मात्र होइन । रिमाले आर्यनसँगै एक भिडियोको लागि काम गर्ने क्रममा उनलाई कामले मात्र स्टार नभएको बताएकी हुन् ।

 

रिमाले फेसबुकमा लेखेकी छिन्–‘एउटा स्टार स्टार कामले मात्र हुदैन । उसको व्यवहारले पनि हुन्छ ।’ यति भन्दै उनले आर्यनसँग काम गर्न आफूलाई मन पर्ने बताइन् । रिमाको  तारिफ पाएपछि आर्यन पनि दंग भए । उनले पनि रिमा आफ्नो नजरमा उनले भनेजस्तै भएको भन्दै फुर्काए ।

 

आर्यन र रिमाको यो प्रशंसाले पक्कै पनि यी दुई मख्ख परे होलान् । तर, एउटा स्टार पर्दा भित्र नभई बाहिर पनि हुनुपर्ने वुझाई रिमाले दर्शाएकी छिन् ।

Most Visited News (monthly)