नयाँ बर्ष २०७३को छेकोमा प्रदर्शनमा आउने फिल्म ’रामप्यारी’को अफिसियल गीत रिलिज गरिएको छ । ‘अर्को जुनी’ बोलको सार्वजनिक गीतमा रेखा थापा र सविन श्रेष्ठ फिचरिङ छन् । गीतमा राजेशपायल राई र मनिषा पोखरेलको स्वर छ ।
रेखाले नै म्युजिक कम्पोज गरेको गीतको अब्द किरण खनालको हो भने कोरियोग्राफी रामजी लामिछानेको छ । गीतका शब्द छिट्टै मनमा बस्ने खालमा छन् । रेखा फिल्म्स् को ब्यानरमा बनेको ’रामप्यारी’मा लगानी रेखाको नै छ ।
सविर श्रेष्ठ निर्देशित फिल्ममा रेखा र सविनसँगै आश्मा डिसी र आभाष अधिकारी लिड रोलमा छन् । पहिले रेखाले निर्देशन गर्ने हल्लाकाबीच अन्तिममा सविरले निर्देशन गरेको यो फिल्मले टेम्पो ड्राईभर महिलाको कथा बोल्ने बताईएको छ ।

