
नेपालकै चर्चित ब्यानर गोपिकृष्ण मुभिजले निर्माण गरेको फिल्म ‘ठमेल डट कम’ देशभरका हलमा कात्तिक ५ गतेबाट नै प्रदर्शनमा आउने भएको छ । यसअघि काठमाण्डौमा ६ र बाहिर ५ गतेबाट फिल्म प्रदर्शनमा आउने चर्चा थियो । तर, निर्माता संघले अन्य ३ फिल्मलाई कात्तिक ३ गतेबाटै देशभरका हलमा लगाउने निर्णय गरेपछि गोपिकृष्णले यस्तो निर्णय गरेको हो ।


अभिनेता नरेन खड्का अभिनित दुई फिल्म एउटै मितिमा जुध्दैछन् । फिल्म परदेशी र ठमेल डट कम एउटै मितिमा आउने भएतापनि अभिनेता नरेन खड्का भने छायाँमा देखिएका छन् । फिल्म परदेशीको पत्रकार सम्मेलनमा पनि प्रशान्त तामाङ र अभिनेत्री रजनी केसीलाई स्टेजमा बोलाइएपनि नरेनको नाम अन्तिममा लिइएको थियो । यसले पनि नरेन केही निराश देखिएका थिए ।

फिल्म चल्दा सवैभन्दा बढी फाइदा कलाकार र निर्देशकलाई हुन्छ । निर्माताले त पैसा कमाउछ अर्को फिल्म बनाउने या नबनाउने बारेमा सोच्छ । तर, कलाकारको ब्रान्ड भ्यालु, बजार मुल्य, विदेशी कार्यक्रमको ओइरो सबै छ । फिल्म चल्दा कलाकारले मिडियामा पनि राम्रो स्थान पाउछन् । यसैले पनि होला, बलिउड र हलिउडका कलाकार फिल्ममा अभिनय मात्र होइन, प्रदर्शनको समयमा पनि आफ्नो सक्रियता छाड्दैनन् । किनकी, एउटा फिल्म फ्लप हुदा कलाकारलाई ठूलो घाटा लाग्छ ।

निर्माता संघ आफ्नै निर्णय बाट पछि हटेको छ । दुई दिन शुक्रबार भन्दा फिल्म रिलिज गर्न नपाउने नियम स्मरण गराउँदै प्रेस विज्ञप्ती जारी गरेको निर्माता संघले दुई दिन पछि सो निर्णयबाट पछि हट्दै दशैं लक्षित फिल्मलाई मंगलबार नै रिलिज गर्न दिने निर्णय गरेको छ । बिहीबार निर्माता संघ सदस्य र फिल्म निर्माता बीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।

धेरै दिनदेखि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ नेपाली रजतपटमा इन्ट्री मार्न चाहान्थिन् । मिस नेपाल हुने बित्तिकै उनले फिल्म खेल्ने अफर नपाएकी पनि हैनन् । अभिनेता भुवन केसीले नै ‘साथी म तिम्रो’का लागि सृष्टिलाई अफर गरेका थिए । तर उति बेला सृष्टिले केसीको सो प्रस्ताव स्विकार गरेक िथिइनन् ।

