अनेकन चर्चा र हल्लीखल्लीका बीच प्रदर्शनमा आएका बलिउडका दुई फिल्म ’दिलवाले’ र ’बाजिराव मस्तानी’को वक्स अफिसमा कडा टक्कर परिरहेको छ । यो बीचमा प्रदर्शनको पाँचौ र छेटौ दिनबाट शाहरुख खानको ‘दिलवाले’लाई ‘वाजिराव’ले उछिनेको छ । गत शुक्रबार रिलिज यी दुई फिल्ममा बुधबार ‘बाजिराव’ले ९ करोड २१ लाख कलेक्सन गर्यो भने ‘दिलवाले’ले ८ करोड ७९ लाखको कलेक्शन गरेको छ ।
ईनिसियल बिजनेशमा ‘दिलवाले’ केहि माथी थियो । आईतबार २४ करोड कलेक्शन गरेको यो फिल्मको बिजनेश सोमबार ह्वात्तै घटेर १० करोडो आसपास आयो । ‘बाजिराव’ले भने तुलनात्मक रुपमा आफ्नो कलेक्शनाई जारी राखेको छ । बलिउड पण्डितहरुका अनुसार लाइफटाइम कलेक्सनमा ‘बाजिराव’ ले ‘दिलवाले’लाई उछिन्ने छ ।
अहिलेसम्म ‘दिलवाले’ले ९३ करोड ३९ लाखको कलेक्शन गरेको छ भने ‘बाजिराव’ले ७५ करोड ६३ लाख कलेक्शन गरेको छ । दिलवालेमा शाहरुखसँगै काजोल बरुण धवन, कृति सेनन लिड रोलमा छन् भने ‘बाजिराव’मा रणविर सिंह, प्रियंका चोपडा, दिपिका पादुकोण लिड रोलमा छन् ।

