Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवनको ‘रिफ्युजी’ माघमा

फिल्मीखबर, काठमाडौं, 2015/12/23

अढाई दशक अघि भूटानबाट त्यहाँका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले चलचित्र ‘रिफ्युजी’ निर्माण गरेका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले यो चलचित्रको सम्पूर्ण निर्माण कार्य सकिएको बताए ।

 

अब १५ माघबाट राजधानी तथा मोफसलका हलबाट प्रदर्शनीमा आउने पनि निर्देशक सुब्बाले जानकारी गराए । आगामी जनवरीको पहिलो सातादेखि अमेरिका त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन गरिने पनि उनले बताए ।केही दृष्य काटेपछि यो चलचित्रलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ ।

 

नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश फर्कने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो चलचित्रमा समेटिएको निर्देशक सुब्बाले जानकारी गराए । चलचित्रको बिषय बस्तु एवं कथा सशक्त भएकाले आफुले लगानी गरेका निर्माता दिपेश सुब्बाले सञ्चारकर्मीलाई बताए । यसका अर्का निर्माता मनोज राई हुन् ।


चलचित्रमा सौरभ लामाको छायाँकन, राजु किरातीको द्धन्द्ध निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, तारा थापा किम्लेको सम्पादन , विकाश चौधरीको सँगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ । जसमा जीवन लुईटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको अभिनय छ ।

Most Visited News (monthly)