Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15661 - 15666 of 24290
फिल्मीखबर, काठमाडौं, 2015-12-29, मंगलवार

एक्सन चलचित्र ‘छल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । करिब दुई बर्षअघि निर्माण सुरु गरिएको यो चलचित्र यतिबेला भने रिलिजको लागि तयार भएको छ । शिबजीले निर्देशन गरेको यो चलचित्रले फस्टलुक पोस्टर सार्वजनिक गर्दै माग ८ लाई आफ्नो रिलिज मिति समेत तोकेको छ ।

फिल्मीखबर, क्यालिफोर्निया, 2015-12-29, मंगलवार

कालो काम गर्नेको सेतो कथा भनिएको फिल्म ‘रातो घर’को प्रिमियर अमेरिकामा गरिएको छ । अमेरिकाको क्यालिफोर्नियामा पर्ने ओकल्याण्ड शहरमा फिल्मको प्रिमियर गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-12-29, मंगलवार

लिड अभिनेत्री भनेर सुरुवातमा प्रचार गरिएकी अभिनेत्री केकी अधिकारी भने प्रचारमा खासै सकृय छैनन् । कारण के त ? 'बागमती'को सुरुवातमा निर्माण टिमले केकीलाई लिड अभिनेत्री भनेर प्रचार गर्‍यो । तर, फिल्ममा केकी लिड नभएर अतिथी भुमिकामा मात्र रहेको रहस्य खुलेसँगै निर्माण टिम पनि यसलाई मौन समर्थन गर्न बाध्य भयो ।

फिल्मीखबर, काठमाडौं, 2015-12-28, सोमवार

माघ २२ रिलिज भनिएको फिल्म 'सुपरहिट'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'तस्करीमा' बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । केहि महिना पहिले अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट र उमंग मात्र हो ।

फिल्मीखबर, काठमाडौं, 2015-12-28, सोमवार

अभिनेता सलोन बस्नेत जतिबेला पिता शोभित बस्नेतको फिल्ममा बाल कलाकारको रुपमा देखिन्थे, धेरैलाई लाग्थ्यो उनी ठूलो भएपछि स्टार हुनेछन् । फिल्म ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यू गर्दा उनको क्रेज चुलिएको थियो । सलोनले गरेको अभियनलाई फिल्म ‘होस्टेल’मा दर्शकले रुचाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-12-28, सोमवार

दोलखाको लाँकुरीडाँडालाई फिल्मी सिटी बनाउने भनेर धेरै फिल्मकर्मीहरु लागिपरे । फिल्मसँग सम्बन्धित केहि संघ संस्था मात्र लागिपरेनन्, फिल्मी क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डमा पनि यो विषयमा बहस भयो । सरकारी स्तरमा नै दोलखाको उक्त ठाउँलाई फिल्मीसिटी बनाउने अभियान लामो समयदेखी चलिरहँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने यसको विपक्षमा देखिएका छन् ।

Results : 15661 - 15666 of 24290