Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काफल पकाउनुस् बैंकक घुम्नुस्

फिल्मीखबर, काठमाडौं, 2015/12/24

माघ १ मा लाग्ने फिल्म  ‘काफल पाक्यो’ ले दर्शकलाई हलसम्म तान्न नयाँ स्किम अगाडि ल्याएको छ । बिहीबार पुतलीसडकमा स्थित एक क्याफेमा औपचारिक कार्यक्रम गर्दै फिल्म निर्माण टोलीले फिल्म हेर्ने दर्शकले बैंकक घुम्न पाउने स्किम सार्वजनिक गरेको हो । 

 

फिल्मकी निर्देशक सावित्री खत्रीले दर्शकले फिल्मको टिकट काट्ने मध्ये दुईलाई बैंकक घुम्ने अवसर प्रदान गरिने जानकारी गराईन् । ‘फिल्म हेर्न हलमा आउने दर्शकले टिकटसँगै एउटा कुपन पनि पाउनेछन्, त्यो कुपनलाई काउण्टरकै छेउमा रहेको बक्समा खसाल्नुपर्नेछ,’निर्देशक खत्रीले भनिन्, ‘फिल्म रिलिजको तेस्रो सातामा हामी लक्की ड्र गर्नेछौं, त्यसमा विजेता हुनेले तीन रात र चार दिनको बैंकक भ्रमणको अवसर पाउनेछन् ।’


उनले रिलिज पूर्व नै फिल्मले लगानीको एक चौथाई भाग उठाईसकेको दाबी गरिन् । ‘क्यानडाबाट तीन लाख, मलेशियाबाट १४ लाख र डीभीडीको अधिकार बिक्रिबाट ७ लाख जति उठिसकेको छ,’उनले भनिन्,‘यो बाहेक पुषको तेस्रो साता च्यारिटी शो गरेर ४ लाख उठाउने योजना बनाएका छौं ।’ उनले अष्ट्रेलिया, दुबई र कतारमा पनि फिल्म रिलिज हुन लागेको जनाईन् ।


। फिल्ममा जीवन लुँइटेल, वर्षा राउत, लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, बीएस राणा, उत्तम केसी र बालदीप राईको अभिनय रहेको छ भने प्रदीप भारद्वाजको लेखन, दीर्घ गुरुङ र दीपक बज्राचार्यको छायांकन, हिमाल केसीको द्वन्द्व र कविराज गहतराज तथा सबिता राजचलको नृत्य छ । सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी रहेको फिल्ममा लक्ष्मी केसी कार्यकारी निर्माता छिन् ।

Most Visited News (monthly)