Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.25/5.00)
Text size:-
+
-

’क्लासिक’लाई आँखाले नहेर्न निर्देशकको आग्रह : यस्तो छ ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2015/12/24

बिहिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ’क्लासिक’को ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा फिल्म निर्माण टिमसँगै कलाकारहरु उपस्थित रहे । यो भ्यालेन्टाईन रिलिज फिल्मको बारेमा कलाकारहरुले राम्रो आशा व्यक्त गरे । त्यसपछि कार्यक्रममा मिडियामाझ प्रस्तुत भएका निर्देशक दिनेश राउतले आफ्नो फिल्मलाई आँखाले मात्र नहेर्न दर्शकमाझ आग्रह गरे ।
 
हिट फिल्म ’नोभेम्वर रेन’ निर्देशक राउतले ठुलो मेहनतका साथ फिल्मको काममा लागिरहेको र उत्कृष्टमा पनि उत्कृष्ट बनाउने प्रयास गरिरहेको भन्दै आफ्नो फिल्मलाई आँखाले होईन मनले हेरिदिन भन्दै त्यसपछि मात्रै कमि कमजोरी के छन् औँल्याईदिन आग्रह गरे । ’क्लासिक’ आँखाले हेर्ने मात्र होईन, मनले अनुभुत गर्ने फिल्म हुनेछ, राउतको भनाई थियो ।

आर्यन सिग्देल, नम्रता श्रेष्ठ लिड रोलमा रहेको यो फिल्मले दृष्टिबिहिन प्रेमी प्रेमिकाको कथा पेश गरेको छ । म्युजिक लभ स्टोरी भनिएको फिल्ममा सुवास गिरीसँगै आर्यन सिग्देल पनि निर्माताको रुपमा छन् ।

 

Most Visited News (monthly)