Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

अवतारको सिक्वेल २०१७ मा

एजेन्सी, सानफ्रान्सिस्को, 2015/12/23

जेम्स क्यामरुनको सुपरहिट फिल्म ‘अवतार’को सिक्वेल कुरिरहेकाहरुका लागि खुशीको खबर छ । निर्देशक क्यामरुनले सन् २०१७ को क्रिसमसको अवसरमा रिलिज गर्ने घोषणा गरेका छन् ।


‘अवतार’ संसारमै सबैभन्दा बढी कमाई गर्ने साइन्स फिक्सन फिल्म हो । फिल्मको पहिलो भागमा साम वर्दिङटन, जोइ साल्डोना, माइकल राड्रिगेज आदिको अभिनय रहेको थियो । सन् २००९ मा रिलिज भएको फिल्म दुई अर्ब अमेरिकन डलर कमाई गरेको थियो ।


‘अवतार’को सिक्वेल ट्रिओलोजीको  रुपमा आउने क्यामरुन ले जानकारी गराएका छन् । फिल्मको सिक्वेलमा पनि साम वर्दिङटन, जोइ साल्डोनाको आफ्नो भूमिकालाई निरन्तरता दिनेछन् भने अरु कलाकारहरु भने परिवर्तन हुन सक्ने क्यामरुनले बताएका छन् ।

Most Visited News (monthly)