Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीको बानी : गलत ठाउँमा आफ्नो डम्फु

बैकुण्ठ पराजुली, काठमाडौं, 2015/12/23

त्यसो त नेपालमा फिल्म अवार्डको गरिमा खस्किँदो छ । बर्षेनी हुने आधा दर्जनबढी फिल्म अवार्ड समारोह प्राय बिबादित बन्छन् । छायाँछबि क्रियशनको तर्फबाट आयोजित  सोमबार सम्पन्न ’डि सिने अवार्ड’को बिबादको कुरा बाहिर नआए पनि यो अवार्ड समारोह यस्तो बन्यो कि त्यो कुरा सहभागी हुनेहरुलाई अनि टेलिभिजनमा लाईभ हेर्नेलाई मात्रै थाहा होला ।

अवार्ड समारोहमा केहि नाम चलेका फिल्मकर्मीहरु त सहभागी भए, तर उनीहरुले आफैले तथा आफ्ना सहपाठीहरुले अवार्ड पाउँदै गर्दा गर्व गर्नुपर्नेमा अनि यो प्रकारको अवार्डलाई हौसला दिने त कता कता, रिलिजको क्रममा रहेका आफ्ना आफ्ना फिल्मको प्रचारमै बढी समय खर्चे ।

कार्यक्रमको पहिलो सत्रमा उद्घोषक बनेर आएका निर्देशक दिनेश डिसीले हरेक पाँच बाक्यमा एक पटक जस्तो आउने गरी ’रिलिजको क्रममा रहेको फिल्म ’फूलैफूलको मौसम तिमीलाई’को पब्लिसिटी गरे । टुक्का हालेर होस् या कसैलाई शुभकामना बोल्दा होस् उनी आफ्नै फिल्मको प्रचारमा  तल्लिन देखिन्थे । त्यसपछि अवार्ड बिजेता संगीतकार अर्जुन पोखरेलदेखी सुदर्शन थापासम्मले ’प्रेम गीत’ हेर्न स्टेजबाट आग्रह गर्नपछि परेनन् ।

 

यो क्रम चलिनै रह्यो, ’नोभेम्वर रेन’ टिमले बनाएको  ’क्लासिक’ ले झन प्रचारको बढी फाईदा पायो । धेरै विधामा अवार्ड पाएको यो फिल्मका अभिनेतादेखी निर्देशक तथा गायक सबैले मौकाको फाईदा उठाईहाले, फिल्म हेर्न आग्रह गरेर ।कुरा यतिमा मात्र सिमित रहेन्, अवार्ड वितरण गर्न स्टेज चढेका निर्देशक सुरजसुब्बा नाल्बोको ’रातो घर’देखी केशव भट्टराई, रमेश उप्रेतीको ’ब्रासलेट’, चेतन सापकोटाको ’भाग सानी भाग’, ’फन्को’देखी ’लक्ष्य’, ’धौली’, ’फागु’ सँग जोडिएका सबै फिल्मकर्मीले आफ्नो आफ्नो फिल्मको प्रचार मज्जैले गरे । अवार्ड समारोहमा करिब एक दर्जन फिल्मको प्रचार गरियो ।

फिल्मका टार्गेटेड दर्शक त्यो अवार्ड समारोहमा उपस्थित होईनन् भन्ने फिल्मकर्मीले बुझे या बुझेनन् आफ्नो ठाउँमा छ । फिल्मसँग जोडिएका व्यक्तिहरुले मात्रै हेरेर चल्ने भए, यहाँ बिज्ञापन गरिएका सबै फिल्म हिट हुनपर्ला । नेपाली फिल्मका दुर दराजमा रहेका दर्शकसम्म प्रचार हुन सके र राम्रो फिल्म बने मात्र सफलता धेरैलाई मिल्न सक्ला । तर माईक पायो कि प्रचार गरिहाल्ने नेपाली फिल्मकर्मीको प्रवृति कहिले हट्ने ?  अवार्ड पाउने र दिनेहरुको गौरवको थलोलाई नाम चलेका र बुझक्कड मानिएका धेरै फिल्मकर्मीले समेत प्रचारको थलो बनाईदिँदा के आम दर्शकमा फिल्मकर्मीको इमेज उज्यालो देखिएला ?

Most Visited News (monthly)