Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चर्चा बबाल, ’फन्को’ले गर्ला बिजनेशमा कमाल ?

फिल्मीखबर, काठमाडौं, 2015/12/27

सार्वजनिक ट्रेलर तथा त्यसमा समावेश संवादका कारण माघ १ रिलिज फिल्म ’फन्को’ अहिले चर्चामा छ । ट्रेलर लोकप्रिय बनिसकेको यो फिल्म प्रतिच्छित बनिसकेको छ । त्यसो त स्टारकास्टले भरिएको यो फिल्म यदि कुनै नाम चलेका कलाकारको कारण दर्शक हलमा आउँछन् भने यसैपनि चल्नेमा दुई मत छैन् । अर्को तर्फ फिल्मको प्रस्तुतीकरण पनि दमदार आँकलन गरिएको छ ।

’फन्को’मा पछिल्लो समय पर्दामा हिट अभिनेता दयाहाङ राई सँगै चर्चित अनि व्यस्त अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी तथा सौगात मल्ल लिड रोलमा छन् । सामाजिक सञ्जालदेखी बाहिर पनि दयाहाङ, प्रियंका तथा केकीको राम्रो फ्यान फलोईङ पाईन्छ । अर्को तर्फ सौगात पनि मल्टिप्लेक्समा चल्ने आशा गरिएका कलाकार हुन् ।



प्रियंका र दयाहाङको मित्रता बाहिर जस्तो छ, त्यस्तै गरेर फिल्ममा पनि जोडी जमेको हुन्छ । ’झोले’बाट सुरु भएको यो जोडी, ’वडा नम्बर ६’मा सँगै देखीयो, प्रदर्शोन्मुख फिल्म ’हाउ फन्नी’मा तथा फ्लोरमा रहेका केहि फिल्ममा पनि यो जोडीसँगै देखिँदैछ । भने ’श्री ५ अम्बरे’ जोडी केकी सौगातको पुनः पर्दा सेयरले पनि केहि अर्थ राक्ने अनुमान छ । अर्को तर्फ निर्देशकको पाटोबाट हेर्दा ’सुनगाभा’ जस्तो राम्रो रिभ्यु पाएको फिल्म निर्देशक सुवर्ण थापा हुनु पनि यो फिल्ममा आशा गर्ने अर्को पाटो हो ।

नरेन्द्र महर्जन तथा सहदेव गौतम निर्मित यो फिल्मले युरोपमा भएको प्रिमियरबाट पनि राम्रो रिभ्यु पाईसकेको छ । फिल्म रिलिजको केहि हप्ता बाँकी हुँदा नै बनेको हाइपले धेरै दर्शकले प्रतिक्षा गरेको अनुमान लगाउन सकिन्छ । चर्चा परिचर्चा जस्तै फिल्म हिट हुन्छ या नाई ?  त्यो भने माघ १ पछि थाहा होला ।

Most Visited News (monthly)