बलिउड सुपरस्टार सलमान खानले आईतबार पचासौं जन्मदिन मनाउँदैछन् । सलमानको जन्मदिन पर्दै गर्दा नेपाल भारतहुँदै विश्वभरी रहेका उनका फ्यानहरुले सामाजिक सञ्जालहरु मार्फत उनलाई शुभकामना तथा शुभेच्छाका शब्दहरु पोष्ट गरिरहेका छन् । टुईटर ट्रेण्डमा पनि सलमानको जन्मदिनको विषयले उच्चता पाईरहेको छ ।
बलिउड बक्सअफिसका बादशाह सलमान खानले पछिल्लो बर्ष २०१५ मा मात्रै बक्सअफिसमा ५ सय करोडको बिजनेश गरे । उनका दुई फिल्म ’बजरंगी भाईजान’ र ’प्रेम रतन धन पायो’ यो बर्ष सर्वा्धिक कलेक्शन गर्ने फिल्म सुचीमा पहिलो र दोस्रो स्थानमा छन् । सलमान स्टारर दुई फिल्मले यो बर्ष करिब ५ सय २८ करोडको नेट बिजनेश गरे ।
ईतिहासमै अहिलेसम्म सर्वा्धिक कलेक्शन गर्ने बलिउड फिल्म ’पिके’को आसपास बिजनेश पुग्यो । ‘बजरंगी भाईजान’ले ३ सय २० करोड ४ लाखको बिजनेश गरेको थियो भने ’प्रेम रतन धन पायो’ले २ सय ७ करोड ७ लाखको बिजनेश गरेको छ । त्यसो त सय करोड क्लबमा सर्वा्धिक फिल्म दिने स्टार पनि सलमान नै हुन् । उनका ९ फिल्मले सय करोड क्लब पार गरेका छन् । सलमानको तुलनामा अन्य स्टारहरु प्रतिस्पर्धामा नै छैनन् । दोस्रो स्थानमा शाहरुख खान र तेस्रो स्थानमा अजय देवगान छन् ।
’एक्शन स्टार’को रुपमा परिचित सलमानले पछिल्ला बर्षहरुमा आफ्नो भुमिका नै प्रयोग गरेर पर्दामा आए । उनको भुमिका उत्तिकै लोकप्रिय बन्यो । जसले पनि सलमानले चाहँदा हरेक प्रकारको प्रस्तुता फिट हुनसक्छन भन्ने उदाहरण समेत बनेको छ ।

