माघ २९ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेका २ फिल्म ‘क्लासिक’ र ‘प्रेमगीत’को भिडन्त पनि अब फेसबुकमा देखिन थालेको छ । फिल्म ‘प्रेमगीत’को ‘कहिले पुग्छु रिभर साइड’ बोलको गीत युट्युवमा रिलिजसँगै फेसबुकमा पनि अपलोड गरियो । तर त्यसको केहि घण्टामा नै फेसबुकमा रिपोर्ट परेपछि गीत हटेको र फेसबुकले सेयर गर्न नमानेको 'प्रेम गीत' युनिटले दाबी गरेको छ ।
केही दिन फेसबुकमा अपलोड नभएपछि यसका निर्माता सन्तोष सेन, अभिनेत्री पूजा शर्मादेखि निर्देशक सुदर्शन थापा आक्रोशमा देखिए । फेसबुकमा फिल्म ‘क्लासिक’ यूनिटले नै यस बिषयमा रिपोर्ट गरेको आरोप निर्माता सन्तोष सेनले लगाए । सन्तोषले फेसबुकमा ‘क्लासिक’ यूनिटले आफूहरुको फिल्म देखेर डाहा गर्दै रिपोर्ट गरेको आरोप लगाउँदै स्टाटस लेखे । तर, उनले स्टाटस केही समयमा नै हटाए । अभिनेत्री पूजा शर्माले पनि आफूहरुलाई रोक्न खोजेर नरोकिने भन्दै आक्रोशपूर्ण स्टाटस लेखिन् ।

यो बिषयमा निर्देशक सुदर्शन थापा यसलाई कुरा वुझाइमा समस्या भएको बताउँछन् ।आफूहरुमाथि गम्भिर आरोप लागेपछि फिल्म ‘क्लासिक’का निर्माता सुवास गिरीले फेसबुकमै सन्तोषको स्टाटसको 'स्कृन सट' राख्दै स्टाटस लेखेका छन् । उनले आफूहरुले राम्रो बिषयवस्तुमा फिल्म बनाएको र राम्रो फिल्मलाई दर्शकले जहिले पनि स्विकार गर्ने लेखेका छन् ।
निर्देशक दिनेश राउतले त फेसबुकका मालिक मार्क जुकरवर्गको तस्बिर राख्दै उनलाई ‘क्लासिक’का साथी हुन् भन्दै ब्यङ्ग्य गरेका छन् । एकैदिनमा फिल्म चल्ने भएपछि ‘क्लासिक’ र प्रेमगीतमा यस्ता खालका समस्या सुरु भएका हुन् । तर, यदी वहानाबाजीवाला कदम चर्चामा आउनका लागि मात्रै हो भने, नचाहिने कुरामा आरोप प्रत्यारोप गर्ने तरिका राम्रो होईन् ।

