Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको तयारीमा ‘कसैलाई नभन्नु’

फिल्मीखबर, काठमाडौं, 2015/12/27

अन्तरजातीय प्रेमकथामा अर्को चलचित्र निर्माण भएको छ । यसअघि गायक यसकुमारले ‘बाटोमुनिको फूल’ निर्माण गरेका थिए । यस्तै, अहिले सर्जु लामिछानेको प्रस्तुतीमा ‘कसैलाई नभन्नु’ नामक चलचित्र निर्माण भएको छ । जसलाई ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ चलचित्र भनिएको छ ।

 

शिवहरि रेग्मी निर्माता रहेको यो चलचित्र आउँदो २२ माघमा देशव्यापी रिलिज हुँदैछ । ‘चलचित्र प्रदर्शनका लागि तयारी भएको छ’ निर्माता रेग्मीले भने, ‘अब हामी प्रमोसनमा जुटेका छौं ।’ चलचित्रको मुख्य आर्कषण संगीत रहेको पनि उनले बताए । उनले भने, ‘कसैलाई नभन्नु म्युजिकल चलचित्र हो ।’


मन्दिप रानाको निर्देशन रहेको यस चलचित्रमा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको छ । चलचित्रमा ‘चम्पाकली’ बोलको एउटा आइटम डान्स देख्न सकिन्छ, जसमा निरामिकाले हट डान्स गरेकी छन् । यस चलचित्रलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्ने भएका छन् ।

Most Visited News (monthly)