Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15655 - 15660 of 23746
फिल्मीखबर, काठमाडौं, 2015-08-14, शुक्रवार

अभिनेता दयाहाङ राई फिल्म ‘वीर विक्रम’मा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्ममा आफू महत्वपूर्ण भूमिकामा देखिन लागेको दयाले खुलासा  गरेका हुन् । फिल्मको घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा दयाले यो फिल्मको मुख्य भूमिका लागि आफूले धेरै मिहिनेत गर्नुपर्ने भन्दै अन्य कलाकारबाट साथ पाउने आशा व्यक्त गरे ।

एजेन्सी, मुम्बई, 2015-08-13, बिहिवार

सन् १९९० को सुपरहिट फिल्म‘आशिकी’को तेस्रो शृंखला बन्ने भएको छ । निर्माता भूषण कुमारले त्यसको तयारी थालेका छन् । सन् २०१३मा रिलिज भएको सोही फिल्मको सिक्वेल पनि सुपरहिट भएपछि निर्माण कम्पनीले तेस्रो शृंखलाको तयारी थालेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2015-08-13, बिहिवार

झण्डै दुई महिनाको मेहनत पछि हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहितको टोलीले काभ्रेको काभ्रेपलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा ‘धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती’ को निर्माण सम्पन्न गरेर स्थानीय पहरी समुदायलाई बुधबार हस्तान्तरण गरे । 

फिल्मीखबर, काठमाण्डौ, 2015-08-13, बिहिवार

फिल्म 'चंखे शंखे पंखे'को नयाँ ट्रेलर रिलिज भएको छ । तीन पात्रहरूले देश परिवर्तन गर्नका लागि चालेको कदमा आधारित रहेर निर्माण गरिएको फिल्मको प्रस्तुत प्रोमोले यही कथाको झल्को दिन्छ ।  

फिल्मीखबर, काठमाडौं, 2015-08-12, बुधवार

अन्तर्राष्ट्रिय कलाकार मन्च यूरोपको आयोजना तथा अन्तर्राष्ट्रिय कलाकार मन्च नेपालको सहयोगमा  आयोजना हुन लागेको ‘इन्टरनेशनल आर्टिस्ट अवार्ड’को मिति परिवर्तन गरिएको छ । यसअघि सेप्टेम्बर २७ मा बेल्जियममा हुन लागेको अवार्ड २० डिसेम्बरका लागि सारिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-08-12, बुधवार

अभिनेत्री स्वेता खड्का पती तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त छिन् । स्वेतालाई सार्वजनिक कार्यक्रममा देख्ने जो कोहीका पनि आँखा रसाउँछन् । स्वेताका पनि जुनसुकै कार्यक्रममा आँखा रसाएका नै भेटिन्छ । ६ महिना बिरामी भएकी स्वेता ३ महिना उपचारमा थिइन् ।

Results : 15655 - 15660 of 23746
Most Visited News (monthly)