
निर्देशक एंव अभिनेता आकाश अधिकारीले आफ्नो सामाजिक संस्था 'आशाको ज्योती नेपाल' मार्फत शंखु ८, ललितपुरमा रहेको श्री कालीदेवी प्राथमिक विद्यालयको लागि पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले शनिबार उक्त विद्यालयको तीन कोठे भवन व्यवस्थापक समितिका अध्यक्ष लालबहादुर घिमिङलाई हस्तान्तर गरे ।

शाहरुख र काजोलको जोडी रहेको फिल्म ‘दिलवाले’ रिलिज नहुँदै १ सय ५० करोड कमाई गर्ने निश्चित भएको छ । निर्माताले रिलिज नहँुदै फिल्मका विभिन्न अधिकार बेचेपछि ‘दिलवाले’ले नचल्दै सो कमाई गर्ने निश्चित भएको हो ।

भारतीय गायिका सन्जिवनी नेपाल आउने भएकी छिन् । आउँदो भदौ २६मा हुने एनएफडिसी राष्ट्रिय अवार्डमा सहभागिता जनाउन उनी नेपाल आउन लागेकी हुन् । आयोजकले उनको सहभागिताको खबर पक्का गरेको हो ।

आठ बर्षको उमेरमै फिल्म निर्देशन गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका नेपाली बालक सौगात बिष्ट जापान उडेका छन् । आफ्नो फिल्म 'लभ यू बाबा' टोकियोको शिनओकुबो फिल्म फेस्टिवल २०१५मा छानिए पछि उनी आमा सम्झना पोखरेलका साथमा शुक्रबार साँझ जापान उडेका हुन् ।

फिल्म ‘काफल पाक्यो’ को अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता जीवन लुईंटेललाई ब्राम्हण युवाको भूमिकामा देख्न सकिन्छ । फिल्ममा जीवन कमेडी पात्रको रूपमा देखिने प्रस्तुत प्रोमोले देखाउँछ ।

अभिनेत्री गरिमा पन्तले आफू अभिनित फिल्म तीन घुम्ती फिल्म क्षेत्रले नै गौरव गर्न लायक बनेको बताएकी छिन् । आज आयोजित फिल्मको ट्रेलर तथा फस्ट लुक सार्वजनिक कार्यक्रममा गरिमाले यो फिल्ममा सबै कलाकारले मिहिनेतका साथ काम गरेको बताइन् ।

