
हालै मात्र अष्ट्रेलियाको मेलवर्नमा आयोजना गरिएको मेलवर्न इन्डियन फिल्म फेस्टिबलमा बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म 'पीकु'लाई उत्कृष्ट फिल्मको अवार्ड दिइएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजना भएको 'फेस्टिभल अफ ग्लोब’मा 'राते काइंला'को उपनामले चिनिने नेपाली फिल्मका चर्चित अनुहार अभिनेता सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

फिल्मको रुपमा समेत आउन लागेको लेखक सुविन भट्टराईको उपन्यास ‘समरलभ’ अंग्रेजीमा अनुवाद भएको छ । अभिनेत्री प्रियंका कार्कीले अंग्रेजी संस्करणको शनिबार पोखरामा बिमोचन गरेकी थिइन् । प्रियंकाले पुस्तब विमोचन समारोहमा बोल्दै ‘समर लभ’मा अग्र्यानिक स्वाद पाएको अनुभव सुनाइन् ।

फिल्म ‘नागरिक’ कात्तिक २० गतेबाट प्रदर्शनमा आउने भएको छ । मनु इन्टरटेन्मेन्टले लामो समयपछि फिल्मको प्रदर्शन मिति तोकेको हो । विमल पौडेलको निर्देशनमा बनेको यो फिल्म दशै र तिहारको विचमा लाग्नेछ । फिल्ममा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, सरिता गिरी, अनु शाह, सफलता खनालको मुख्य भूमिका छ ।

देशका विभिन्न जिल्लाको साथै नेपाल बन्द समेत आयोजना हुन थालेपछि भदौमा चल्न लागेका नेपाली फिल्मको व्यापारलाई लिएर निर्माता नै चिन्तित हुन थालेका छन् । भूकम्पपछि भदौ महिनाबाट बल्ल नेपाली फिल्म तंग्रिने अपेक्षा थियो ।

ट्रेलर सार्वजनिक हुँदा खासै राम्रो समिक्षा नपाएको बलिउड अभिनेता अक्षय कुमार र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ब्रदर्सले कमाई भने राम्रो गरेको छ ।शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले २ दिनमै ३६ करोड कमाएको छ ।

