Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तत्काल फिल्ममा आउँदिनः श्वेता खड्का (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2015/12/31

अभिनेत्री श्वेता खड्काले तत्काल फिल्ममा आउनेक नै योजना नभएको बताएकी छिन्  । प्राप्त एक भिडियो अन्तर्वार्ताको क्रममा श्वेताले अहिले नै फिल्म क्षेत्रमा आउने कुनै योजना नभएको बताइन् । सँगसँगै श्वेताले फिल्म निर्माणको पनि संकेत गर्दै अभिनेत्री या निर्मात्री जे बनेर पनि यो क्षेत्रमा आउन सक्ने बताईन् ।



केहि दिन पहिले एक अनलाईनले श्वेताले तीनवटा स्कृप्टमा काम गर्ने तयारी गरेको समाचार आएकै समयमा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा उनले परिवारको सल्लाहमा नै आफूले अब हरेक काममा हात हाल्ने बताईन् ।



त्यसो त श्वेतालाई फिल्ममा लिनको लागी धेरै निर्माता निर्देशकहरुले कदम चालेपनि कोही पनि सफल हुनसकेका छैनन् । रोज राणाले बनाउने भनिएको फिल्म ‘पर्शुराम’मा पनि उनले अभिनय गर्ने चर्चा चल्यो तर अन्तिममा उनले नगर्ने बताईन् । हेरौं श्वेता आफ्नै व्यानरबाट निर्मात्री र अभिनेत्री दुबै हुँदै आउँछिन् या अरु कसैको प्रोजेक्टमा समेटिन्छिन् त्यो त समयले बताउला ।

हेर्नुहोस श्वेतासँगको पछिल्लो कुराकानीः

 

Most Visited News (monthly)