Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतासँग टाढिएपछि अनुको कोसँग ?

फिल्मीखबर, काठमाडौं, 2015/12/31

कुनै बेला थियो, जतिबेला दुई अभिनेत्री अनु शाह र नीता ढुंगाना निकट थिए । हरेक कार्यक्रम एकसाथ पुग्ने यी दुई फुर्सदको समय पनि एक अर्कासँगै नै बिताउथे । अनु र नीता फिल्म नगरिमा आफुहरु निकट साथी भएको र अरु साथी नभएको बताउँथे ।  तर, समयले कोल्टो फेर्यो । अहिले यी दुइको सम्बन्ध हाइ हेल्लोमा नै सिमित छ ।

 

प्रेमी पाएपछि साथी छाडेर जानेहरुसँग के को मित्रता गास्नु भन्दै अनुले घुमाउरो शैलीमा नीताप्रति ब्यङ्ग्य पनि गरेकी छिन् । अहिले नीताको सम्बन्ध प्रेमी आमेष भण्डारीसँग छ । जस्तो हिजोका दिनमा नीता अनुसँग निकट थिइन्, अहिले त्यस्तै क्रियाकलाप उनको आमेषसँग छ ।अनु र नीताविच सम्बन्ध टाढा भैसकेको छ भन्ने उदाहरण केही दिन अगाडि काठमाण्डौमा आयोजित एक अवार्ड समरोहमा पनि देखिएको थियो । दुइजना एउटै हलमा भएर पनि न त एकसाथ बसे, न त हाइहेल्लामै रमाए ।


नीतासँग टाढा भएपछि अहिले अनु मोडल सम्पदा बाँनियाँसग नजिक छिन् । यतिसम्मकी, अनु सम्पदालाई आफूले अभिनय गरेका फिल्मका कार्यक्रममा पनि लिएर पुग्छिन् । अनु र सम्पदा अहिले त्यही समय बिताइरहेका छन् । अभिनेत्रीहरुमा मित्रता र दुश्मनी लामो समयसम्म रहदैन भनेको हो नै रहेछ ।

Most Visited News (monthly)