Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

करोड बढीको 'गाजलु'मा कसको कति रेट ?

फिल्मीखबर, काठमाडौं, 2016/01/01

 फिल्म 'गाजलु' अहिले छायाँकनको अन्तिम क्रममा छ । रोहित अधिकारीले निर्माण गरेको यो फिल्म निर्माण घोषणादेखी अनमोल केसी खेल्नेकुराले अनि एफडी कम्पनिले एमजीमा फिल्म किनेको लगायतका थुप्रै कुराले चर्चामा रह्यो । सुरुवातमै अनमोल केसीले १० लाखमा फिल्म 'साईन' गरेको भन्ने कुराले त्यो समयमा माहोल थप ततायो ।

 

करोड बढी लगानीमा फिल्म बन्ने कुरा बाहिर आईहँदा फिल्मीखबरले 'गाजलु'का कलाकारदेखी निर्देशक तथा अन्य प्राविधिकहरुको पारिश्रमिकको सुची प्राप्त गरेको छ । फिल्ममा निर्देशक हेमराज बिसीको पनि सेयर रहेको बुझिएको छ । त्यसैले उनी निर्देशक मात्र नभई 'गाजलु'का निर्माता पनि हुन् ।

 

 प्राप्त सुचीमा फिल्मका कलाकारहरु अनमोल केसीदेखी सृष्टी श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, गौरी मल्ल, ऋतिक शाही, कृष्ण मल्ल, विश्व बस्नेत लगायतको पारिश्रमिक २५ लाख उल्लेख छ ।'जुनियर आर्टिस्ट'को लागी ३ लाख छ भने लाईटम्यानलाई ३ लाख, प्रोडक्शन डिजाईनरसँगै 'एसिस्टेन्ट'लाई २ लाख, मेकअपमा १ लाख, हेयर ड्रेसर तथा ड्रेसको नाममा १ लाख, किचेनमा ६ लाख खर्च देखाईएको छ ।

 

सिनेमाटोग्राफरलाई ५ लाखबढी, यातायातमा ५ लाख खर्च ईन्धनमा ६ लाख, कस्ट्युममा ३ लाख तथा लोकेशनलाई ५ लाखसँगै छायाँकन खर्च १५ लाख राखिएको छ भने एक्शनमा १ लाख ५० हजार, लाईट ८ लाख, क्यामेरा ७ लाख, पोष्ट प्रोडक्शन १० लाख पब्लिसिटी १५ लाख खर्च हुने दाबी निर्माताको छ । यो सबै सहित अन्य खर्चको हिसाब निकाल्दा फिल्म 'गाजलु'को बजेट १ करोड २५ लाखसम्म हुने निर्माता अधिकारीले बताए ।

Most Visited News (monthly)