Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

नेपालको बजरंगी को ?

फिल्मीखबर, काठमाडौं, 2015/12/31

फिल्म अभिनेता सलमान खानलाई बलिउडमा भाइजान भनेर चिनिन्छ । तर, फिल्म बजरंगी भाइजान खेलेपछि उनलाई धेरैले यही नामबाट बोलाउछन् । बजरंगी भाइजान हिट भएपछि त सलमान खानको स्टारडम झनै उचाइमा पुगेको छ ।

बलिउडमा बजरंगी भन्ने वित्तिकै त सलमानलाई वुझिन्छ । अब, बजरंगी भनेर बलिउडमा मात्र होइन, नेपाली फिल्ममा पनि एक पात्रको जन्म हुने भएको छ । आखिर, बजरंगी नामले चिनिन लागेका पात्र को होलान् ?दयाराम दाहालले निर्देशन गर्न लागेको फिल्म बजरंगीबाट ती पात्रको उदय हुनेछ । प्रशान्त गिरीले बनाउन लागेको यो फिल्मको छायांकन फागुन २० बाट हुनेछ ।

फिल्मका लागि कलाकार पक्का गरिएको छैन । तर, फिल्मको शिर्ष भूमिकामा निर्माता समेत रहेका कलाकार प्रशान्त गिरी देखिने भएका छन् । प्रशान्तले यस अगाडि बाउन्सर नामक फिल्म निर्माण गरेर आफै अभिनय गरेका थिए ।बजंरगीमा मौनता श्रेष्ठको कथा, राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहने पक्का भैसकेको छ ।
 

Most Visited News (monthly)