Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि आदित्य –श्रद्धा जोडी ?

एजेन्सी, मुम्बई, 2015/12/31

अनस्क्रिनबाट अफस्क्रिन जोडी बनेका आदित्य कपुर र श्रद्धा कपुर फेरि एकपटक सँगै देखिने भएका छन् । दुवैलाई निर्माता करन जौहरले फिल्ममा सँगै ल्याउन लागेका हुन् । दुवैले ‘आशिकी २’मा पहिलोपल्टसँगै अभिनय गरेका थिए र त्यसयता डेटिङ समेत गर्दै आएका छन् ।


दुवैलाई जौहरले मणिरत्नमको तमिल फिल्म ‘ओके कानमनि’को रिमेकका लागि साइन गरेका हुन् । फिल्मलाई मणिरत्नमकै पूर्ण सहायक निर्देशक शाद अलिले निर्देशन गर्नेछन् । ‘साथिया’बाट निर्देशनमा डेब्यु गरेका शाद अली ‘बन्टि र बब्लि’पछि हिट फिल्मको खोजीमा छन् । यही वर्ष मात्र शाद अली निर्देशित ‘किल दिल’ आएको थियो जसले दर्शकको पैसा मात्र किल गरेको थियो,मनोरञ्जन दिएको थिएन ।


जौहरले ट्वीट गर्दै फिल्मको बारेमा जानकारी दिएका हुन् । फिल्ममा एआर रहमानले संगीत दिनेछन् भने शब्द गुलजारको हुनेछ ।‘आशिकी’ दुईपछि श्रद्धा अभिनित ‘एबीसिडी २’ले सय करोड कमाएको थियो भने आदित्यको परिणिति चोपडासँगको फिल्म फ्ल्प भएको थियो । अब श्रद्धाको ‘वागी’ र ‘आदित्यको ‘फितुर’ प्रदर्शन हुन बाँकी फिल्म हुन् ।

Most Visited News (monthly)