Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

पौषमा घाटामा निर्माता

फिल्मीखबर, काठमाडौं, 2016/01/01

भदौ, असोज, कात्तिकमा फिल्म क्षेत्रका लागि सुखद  रह्यो । यी महिनामा एउटा न एउटा फिल्म चले, जसले केही राहत दिएको थियो । कुनै महिना वा हप्ता फिल्म नचल्दा, त्यसले निर्मातालाई मात्र होइन, सिंगो फिल्म क्षेत्रलाई पनि कुनै न कुनै रुपमा असर पु¥याउछ ।


तर, पौष महिना भने घाटाको महिनाको रुपमा देखिएको छ ।  पौषमा अहिलेसम्म ५ वटा फिल्म रिलिज भएका छन् । पौष २४ गते आउने बागमती नामक फिल्मलाई छाड्ने हो भने, अन्य फिल्मको व्यापार गतिलो भएन । पौष ३ मा आएको मिसन खेलाडी नामक फिल्मको त अत्तोपत्तो नै भएन । पौष १० मा टिष्टा पारिको साइनो र आधा पेज हलमा लागेका थिए । दुबै फिल्मको प्रचार पनि चर्को गरिएको थियो । तर, दुखद कुरा दुबै फिल्म चिप्लिए । निर्मातालाई राम्रै रकम घाटा लाग्यो ।


पौष १० मै काठमाण्डौ बाहिर फिल्म धौली लाग्यो । धौलीले पनि मोफसलमा कुनै गतिलो व्यापार गरेन । पौष १७ अर्थात आजबाट बिच बाटो हलमा लागेको छ । धौलीले आजबाट काठमाण्डौ रिलिज थालेको छ । तर, बिहानीले दिनको संकेत गर्छ भनेजस्तै फिल्मको व्यापार सुखद बन्ने संकेत देखिएको छैन ।यसरी हेर्दा यो महिना रिलिज भएका अधिकांश फिल्म चिप्लिने संभावना त छदै छ, फिल्म नगरिलाई पनि घाटा लाग्नेछ । अब, हेरौ पौष महिनाको फिल्मी इज्जत बागमतीले बचाउछ या बचाउँदैन ।

Most Visited News (monthly)