Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15637 - 15642 of 24290
फिल्मीखबर, काठमाडौं, 2016-01-03, आईतवार

शनिबार दिउँसो निर्देशक सविर श्रेष्ठको फेसबुक वालमा उनको दुई बर्षजति पहिले रिलिज फिल्म ’आधी बाटो’को ट्रेलर देखियो । उनले पर्सनल अकाउण्टदेखी आफ्नो फ्यान पेजमा पनि एकसाथ ’आधी बाटो’को ट्रेलर सेयर गरे । सुरुमा हेनेहरु कति त झुक्किए पनि कतै ’आधी बाटो २’ त आएन्  भनेर ! तर सिक्वेलको नभई उनले पुरानै फिल्मको ट्रेलर सेयर गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-01-02, शनिवार

सविन श्रेष्ठ पछिल्लो समय व्यस्त अभिनेतामा गनिन्छन् । केहि फिल्मको सुटिङ भर्खरै सकाउँदै छन्, केहि फिल्म 'साईन' गर्दैछन भने रिलिजको पाईपलाईनमा रहेका फिल्मको प्रचारमा पनि उत्तिकै लाग्दैछन् । तर अबको केहि समय भने उनलाई केहि तनाब हुनेछ, एकैसाथ आफ्ना दुई फिल्म जुद्धैगर्दा कसको प्रचारमा कता लाग्ने भनेर ।

फिल्मीखबर, काठमाडौं, 2016-01-02, शनिवार

'चिनो' फिल्ममा करिब २५ बर्षपहिले सँगै देखिएका खलपात्रको रुपमा परिचित 'राते काईँला' उर्फ सुनिल थापा र अर्का अभिनेता अर्जुनजंग शाही त्यसपछि लामो समयसम्म पर्दामा सँगै देखिएनन् । सुनिल थापा त्यसयता पर्दामा अक्कलझूक्कल आईरहेका छन् । नेपाली मात्र नभएर बलिउड फिल्म पनि उनले यो बीचमा गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-01-02, शनिवार

निर्देशक नारायण पुरीले अभिनेता हसनराजा खानको जन्मदिनको अवसरमा उनलाई फिल्म उपहार दिएका छन् । शुक्रबार दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा भएको कार्यक्रममा पुरीले खानलाई आफूले निर्देशन गर्ने फिल्मको मुख्य अभिनेताको रुपमा अनुबन्ध गर्ने खबर सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-02, शनिवार

‘रातो घर’ प्रदर्शनका लागि अमेरिका पुगेका सुरज सुब्बा नाल्बोमा अमेरिकामै लघु फिल्मको सुटिङ गरेका छन् । मानवीय संवेदनामा आधारित फिल्ममा ‘जाली रुमाल’ हिरो सुधाँशु जोशीले अभिनय गरेका छन् । छोटो फिल्मको नाम ‘ह्युमन फ्रेइलिटी’ रहेको छ । फिल्ममा मानवीय कमजोरीलाई देखाउने प्रयास गरिएको  निर्देशक सुरज सुब्बाले बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-01, शुक्रवार

अभिनेत्री सुस्मिता केसी बोम्जनले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को छायांकन  अन्तिम चरणमा पुगेको छ । चलचित्रको गीत बाहेकको छायांकन यस अघि नै सकिएको र अहिले गीतको छायांकन चलिरहेको छ । चलचित्रमा समाबेश ४ गीतमा ३ को छायांकन शुक्रबारबाट सकिने र बाकी गीत केहि समय पछि इलाम छायांकन गरी जानकारी दिनु भयो ।

Results : 15637 - 15642 of 24290