
अहिले अभिनेत्रीहरुलाई गायिका बन्ने होड नै चलेको छ । कुन अभिनेत्री गायिका बन्ने र युटुबमा राम्रो दर्शक बटुल्ने भन्ने होडबाजी देखिन्छ । तर अभिनेत्री रेखा थापाले भने आफू युटुबमा गीत नगाउने बताइन् । तर रेखाले लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘लालजोडी’मा भने आवाज दिएकी छिन् । आज काठमाण्डौमा उनले गीत रेकिडङ गराइन् ।

नेपाली फिल्म क्षेत्रका पुराना कलाकार सुनिल थापाले बलिउड फिल्ममा कमब्याक ‘मेरी कोम’ मार्फत गरिसकेका छन् । ‘मेरी कोम’मा सुनिल अभिनेत्री प्रियंका चोपडाको गुरुको रुपमा देखिएका थिए । सुनिलको कमब्याकलाई लिएर खुबै चर्चा भयो । उनै सुनिल थापाले अर्को बलिउड फिल्ममा पनि काम गर्ने भएका छन् ।

अहिले फिल्म बजारमा 'क्लासिक' र 'प्रेम गीत'को प्रतिश्पर्धा निकै छ । एउटै मितिमा (माघ २९ गते) रिलिज हुन लागेका यि दुई फिल्मका तीन/तीन वटा गीत रिलिज भईसकेका छन् जसमा पनि प्रतिश्पर्धा देखिएको छ ।

काठमाण्डौमा हालै मात्र आयोजना भएको फिल्म ‘लक्ष्य’को फस्टलुक कार्यक्रममा अभिनेत्री अनु शाह देखिइनन् । अनुलाई कार्यक्रममा आउनका लागि निर्माणपक्षले फोन पनि गरेका थिए, तर उनी उपस्थित भइनन् । अनु उपस्थित नभएपनि फिल्मकी अर्की कलाकार सारिका केसी देखिइन् । जसले गर्दा सारिका कार्यक्रमको हाइलाइटमा बनिन् । अनु नआउनुको कारण न त निर्माणपक्षसँग नै छ, न त अनुसँग ।

पर्यटनमन्त्री आनन्द पोखरेलले चलचित्र विकास वोर्ड आफ्नो मन्त्रालय अन्तर्गत रहनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्रीले दोलखामा फिल्मसिटी नहुने भनेपछि त्यसको बिरोधमा दोलखाबासी र त्यहाँबाट प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुको अगुवाईमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले चलचित्र विकास बोर्ड पर्यटन मन्त्रालयको स्वामित्वमा हुनुपर्ने जिकिर गरेका हुन् । उनले यसो भनिरहँदा ताली भने बजेन् ।

जतिबेला फिल्म ‘किस्मत’बाट कलिउड नगरिमा प्रवेश गर्दा अभिनेता आर्यन सिग्देलको धाक राम्रै थियो । पहिलो फिल्मबाट धेरैको आँखामा परेका उनलाई फिल्म खेलाउने चाहानेको तँछाड मछाड नै चल्थ्यो । फिल्म ‘मेरो एउटा साथी छ’ हिट भएपछि त आर्यनको बजार एकाएक आकासियो ।

