
माघ १ गते फिल्म ‘फन्को’ प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलरले अहिले दर्शकको मन पनि जितेको छ । यो फिल्म चर्चामा रहनुको अर्को कारण हो, ‘ठुङ्द’े बोलको गीत । गीत सामान्य भएपनि यही एउटा शब्दले चर्चा पाइरहेको छ । निर्माता नरेन्द्र महर्जन फिल्मको यही गीतलाई विभिन्न तबरले प्रमोशन गरिरहेका छन् ।

वलिउड अभिनेता सञ्जय दत्त अब धेरै दिन जेल रहने छैनन् । १९९३ को मुम्बई घटनामा दोषी ठहर भएपछि जेल पुगेका यी अभिनेता आउँदो फेब्रुअरी २७ मा जेलबाट रिहा हुन लागेको बलिउड अनलाईनहरुले लेखेका छन् ।

माघ २९ नेपाली फिल्म रिलिजमा ऐतिहासिक बन्ने त निश्चित भईसकेको छ । ब्यापक प्रचार र मिडियाबाजी सहित दुई फिल्म उदाएको ’दाउ’ जस्नै बनिसकेका छन् । तर यी दुईसँगै भिड्ने अर्को फिल्म ’चलेछ बतास सुस्तरी’ भने प्रचारमा मौन छ ।

नेपाली फिल्मका लागि चैत्र महिनाको अन्तिम साता यस्तो डेट हो, जसलाई नेपालका हस्ती निर्माता आफ्नो भन्छन् । यस्तो लाग्छ, यो डेट उनीहरुले फिल्मको रिलसँगै बोकेर आएका हुन् । अनि, त्यो डेटमा उनीहरु मात्र आउनुपर्छ, अरु आउनु भनेको ठूलो गल्ती गर्नु हो ।

अभिनेता राजेश हमाल र शिव श्रेष्ठले बर्षौपछि सँगै काम गरेको फिल्म हो, ‘बागमती’ । यही शुक्रबारबाट रिलिजको क्रममा रहेको साउथ ईण्डियन निर्देशकको यो फिल्मप्रति दर्शकदिर्घामा त उत्सुकता र कौतुहलता छ नै यस फिल्मसँग जोडिएका कलाकारहरुको समेत मन ’ढुकढुक’ छ रे ! मंगलबार राजधानीमा सँगै भेटिएका हमाल र शिवले फिल्मलाई लिएर बैचेनी रहेको बताए ।

निर्देशक सावित्री खत्री आफ्नो प्रदर्शोन्मुख फिल्म ’काफल पाक्यो’लाई लिएर उत्साहित छिन् । माघ १ म रिलिज हुने यो फिल्म चल्ने, दर्शकको माया पाउने अनि उनको करियरमा नयाँ आयाम थप्ने विश्चास खत्रीमा छ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारमा व्यस्त उनी आफ्नो फिल्म खास नेपाली फिल्म बनेको जिकिर गर्छिन् ।

