Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

’रामप्यारी’ छाडेर किन ‘आधी बाटो’ समाउँदैछन् सबिर ?

फिल्मीखबर, काठमाडौं, 2016/01/03

शनिबार दिउँसो निर्देशक सविर श्रेष्ठको फेसबुक वालमा उनको दुई बर्षजति पहिले रिलिज फिल्म ’आधी बाटो’को ट्रेलर देखियो । उनले पर्सनल अकाउण्टदेखी आफ्नो फ्यान पेजमा पनि एकसाथ ’आधी बाटो’को ट्रेलर सेयर गरे । सुरुमा हेनेहरु कति त झुक्किए पनि कतै ’आधी बाटो २’ त आएन्  भनेर ! तर सिक्वेलको नभई उनले पुरानै फिल्मको ट्रेलर सेयर गरेका थिए ।

 

अनि प्रश्न श्वतः उब्जियो, रिलिजको छेकोमा रहेको फिल्म ’रामप्यारी’’को प्रचार छाडेर सबिरले किन रिलिज भईसकेको फिल्मको प्रचार गर्दैछन् ? रमेश त्वायनाले निर्माण गरेको ’आधी बाटो’ले रिलिज पश्चात व्यवसायिक सफलताको स्वाद चाख्न सकेन् । तर निर्माताले आफ्नो फिल्मले भयंकर ओपनिङ गरेको बताउँदै आएका थिए ।  निर्देशक सबिरले पनि  फिल्म राम्रो बनाएको नै दाबी गरेका थिए ।

 

 

तर त्यो समयमा दर्शकले उनलाई राम्रो साथ र प्रतिक्रिया नदिए पनि उनले शनिबार फेसबुकमा सेयर गरेको पोष्टमा भने राम्रो फिल्म बनाएकोमा कसैले धन्यबाद लेखेका छन् । त्यो कमेन्ट गर्ने व्याक्ति नेपाली फिल्मका नियमित दर्शक हुन् र फिल्म हेरेर नै कमेन्ट गरे या सबिरका सुभचिन्तक भएकोले पोष्ट आईहाल्यो कमेन्ट लेखौं भनेर लेखे, त्यो उनले नै जानुन् तर यो प्रकारको कमेन्टले धेरैपछि भएपनि सबिरको मनलाई भने उक्त फिल्म सम्झिँदा केहि राहत भयो होला ।



आखिर सबिरले किन यो पोष्ट सेयर गरे त ? २०७० साल चैत्र २१ मा रिलिज भएको यो फिल्मको सबिरले सेयर गरेको ट्रेलर युट्युवमा भने २०१५ मा पुनः अपलोड गरिएको छ । हाम्रो अनुमान छ पक्कै पनि उनले युट्युब च्यानल मनिटाइज गरेको र दर्शक बढे पैसा आउने आशमा त्यसो गरेका हुन् ।  तर बेमौसमको बाजा भनेझैं एउटा फिल्म रिलिज हुने बेलामा दुई वर्ष पूरानो फिल्मको  ट्रेलर सेयर गर्नुले उनकै कद घटाउँछ ।

Most Visited News (monthly)