Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको अंगालोमा अनु कि सारिका ?

फिल्मीखबर, काठमाडौं, 2016/01/02

सविन श्रेष्ठ पछिल्लो समय व्यस्त अभिनेतामा गनिन्छन् । केहि फिल्मको सुटिङ भर्खरै सकाउँदै छन्, केहि फिल्म 'साईन' गर्दैछन भने रिलिजको पाईपलाईनमा रहेका फिल्मको प्रचारमा पनि उत्तिकै लाग्दैछन् । तर अबको केहि समय भने उनलाई केहि तनाब हुनेछ, एकैसाथ आफ्ना दुई फिल्म जुद्धैगर्दा कसको प्रचारमा कता लाग्ने भनेर ।

 

चैत्रमा उनका चार फिल्म रिलिजको पक्कापक्की भईसकेको छ । यतिमात्र रहेन कुरा, चैत्र ५ मा उनका दुई फिल्म भिड्ने भए, 'भाग सानी भाग' र 'लक्ष्य' । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै 'लक्ष्य'को पहिलो अनुहार सार्वजनिक गरियो । सार्वजनिक पोस्टर तथा ट्रेलरमा सविनलाई एक्शन अबतारमा देख्न सकिन्छ । एक्शन लभस्टोरी बोल्ने फिल्ममा उनले दुई अभिनेत्रीसँग रोमान्स गरेका छन् ।

 

आयोजित कार्यक्रममा अनु अनुपस्थित रहँदा यसको फाईदा अर्की अभिनेत्री सारिका केसीलाई मिल्यो । प्रायः नाम चलेका र बिकाउ अनुहार खोज्ने दर्शक तथा पाठकलाई रिझाउने सञ्चारकर्मीहरु सविन र सारिकालाई सँगै राखेर तश्विर लिनमा व्यस्त देखिए । जुन समय सविनले पनि राम्रैसँग आफ्नो अँगालोमा सारिकालाई बेरे । कार्यक्रममा केहि हर्षित देखिएका यी दुई कलाकारले फिल्म राम्रो बनेको बोले ।

 

सविनले एक्शन प्रधान फिल्मको राम्रो स्वाद दर्शकलाई दिन कुनै कञ्जुस्याईं नगरेको बताउँदा 'कान्छी मट्याङ ट्याङ' अभिनेत्री सारिकाले दिग्गज कलाकारहरुसँग काम गर्न पाउँदा रमाईलो र खुसी धेरै लागेको भन्दै फिल्मबाट पनि उत्तिकै आशावादी रहेको बताइन् । निर्देशक मिलन आले मगरले दर्शकको मन बुझ्ने फिल्म निर्माण गरेको दाबी गरे । कम बोलेका उनले रिलिजपश्चात हलमा आएर दर्शकले आफ्नो कामको मुल्याकन गरिदिनेमा आशा व्यक्त गरे ।

हेर्नुस् ट्रेलर

 

Most Visited News (monthly)