‘रातो घर’ प्रदर्शनका लागि अमेरिका पुगेका सुरज सुब्बा नाल्बोमा अमेरिकामै लघु फिल्मको सुटिङ गरेका छन् । मानवीय संवेदनामा आधारित फिल्ममा ‘जाली रुमाल’ हिरो सुधाँशु जोशीले अभिनय गरेका छन् । छोटो फिल्मको नाम ‘ह्युमन फ्रेइलिटी’ रहेको छ । फिल्ममा मानवीय कमजोरीलाई देखाउने प्रयास गरिएको निर्देशक सुरज सुब्बाले बताएका छन् ।
फिल्मलाइृ सुरज स्वयंले लेखेका हुन् । उनकै निर्माण समेत रहेको फिल्म निर्माणका लागि माङहिम फिल्मस् र निकेश लिम्बुले उनलाई सघाएका छन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा सुटिङ गरिएको छोटो फिल्मलाई सुरज शाहले खिचेका हुन् ।

