अभिनेत्री सुस्मिता केसी बोम्जनले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको गीत बाहेकको छायांकन यस अघि नै सकिएको र अहिले गीतको छायांकन चलिरहेको छ । चलचित्रमा समाबेश ४ गीतमा ३ को छायांकन शुक्रबारबाट सकिने र बाकी गीत केहि समय पछि इलाम छायांकन गरी जानकारी दिनु भयो ।
गीतको छायांकनको क्रममा चलचित्र युनिट बिहिबार चितवन आएको थियो । भरतपुरस्थित क्यान्सरको सभाहलमा विहीबार एक गीतको छायाँकन गरिएको हो । यस अघि चलचित्रको गीतको छायांकनको लागि चलचित्र युनिट पाल्पा,तानसेन,बुटवल हुदै चितवन आएको हो । मकवानपुरको गढीमा शुक्रबार छायाँकनसंगै चलचित्रमा समावेश तीन वटा गीतको सबै छायाँकन सकिने छ ।
अभिनेत्री तथा निर्मात्री सुस्मिता केसी बोम्जनले चलचित्रको छायाँकन सोँचे जतिको भएको बताउनुभयो । '३० दिनमा सक्ने भएको छायाँकन आज ५० औं दिनमा चलचिरहेको छ, सोंचे भन्दा निकै राम्रो भएको छ' –उहाँले भन्नुभयो । चलचित्रका नायक आकाश र नायिका जोश्नाले पनि चलचित्रको छायाँकनले निकै राम्रो बनेको बताएका छन् । चलचित्र ‘म त तिम्रै हुँ’ लाई श्रीराम महतले निर्देशन गर्दैछन् ।
चलचित्रमा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्ले,आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्काको अभिनय रहने छ ।फिल्ममा सौरभ लामाको छायांकन,कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिस बस्नेतको संगीत , कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ । अनमोल केसी र सुवास थापाको लगानी रहेको चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ ।

