
अहिले फिल्म बजारमा 'क्लासिक' र 'प्रेम गीत'को प्रतिश्पर्धा निकै छ । एउटै मितिमा (माघ २९ गते) रिलिज हुन लागेका यि दुई फिल्मका तीन/तीन वटा गीत रिलिज भईसकेका छन् जसमा पनि प्रतिश्पर्धा देखिएको छ । 'प्रेम गीत' र 'क्लासिक'को संगीत स्वाद दर्शकका लागि फरक फरक छ तर मिठास उही नै । यानकी, दुबै फिल्मका गीत उत्तिकै कर्णप्रिय सुनिन्छन् ।
केहि समय अगाडी रिलिज भएको 'क्लासिक' को 'प्रकृतिको सुन्दर सृष्टी' र 'प्रेम गीत'को 'म त अलपत्रै' बोलको दुई गीत फरक स्वादका भएपनि मिठासमा कमजोरी छैन । दुबै गीतले स्रोताको मन जित्ने देखिन्छ ।
दुबै गीतका लेखक डा कृष्णहरि बराल हुन् भने 'क्लासिक'को प्रस्तुत सार्वजनिक गीतका संगीतकार ताराप्रकाश लिम्बु र गायिका मेलिना राई हुन् भने 'प्रेम गीत'का संगीतकार अर्जुन पोखरेल तथा गायक गायिका स्वरूपराज आचार्य र अञ्जु पन्त हुन् ।

