Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

फेरि बोली नफेरुन् आर्यनले

फिल्मीखबर, काठमाडौं, 2016/01/04

जतिबेला फिल्म ‘किस्मत’बाट कलिउड नगरिमा प्रवेश गर्दा अभिनेता आर्यन सिग्देलको धाक राम्रै थियो । पहिलो फिल्मबाट धेरैको आँखामा परेका उनलाई फिल्म खेलाउने चाहानेको तँछाड मछाड नै चल्थ्यो । फिल्म ‘मेरो एउटा साथी छ’ हिट भएपछि त आर्यनको बजार एकाएक आकासियो ।

 


आर्यनले सो समयमा बर्षमा एउटा मात्र फिल्म गर्ने, मुलधारका निर्देशकसँग काम नगर्ने उद्घोष गरिदिए । आर्यनको यो उद्घोषले त्यतिबेलाका चल्तीका निर्देशक दिपक श्रेष्ठ, दयाराम दाहाल, मदन घिमिरे लगायत चिढिए । तर, आर्यनले त्यसको प्रवाह गरेनन् र सुदर्शन थापाका फिल्ममै बढी फोकस भए ।

 


तर, आर्यनको यो सोच लामो समयसम्म टिकेन । फिल्म लाइनमा आएर यसरी काम गर्दा पैसा कमाउन सकिदैन भन्ने उनले वुझे । यसपछि आर्यनले न फरकधार, न मुलधार, सबै खालका फिल्ममा एकपछि अर्को रुपमा काम गरे ।

 

आर्यनको गोजी मोटो हुँदै गयो, फिल्मको व्यापार कमजोर बन्दै गयो । तर, फिल्म क्षेत्रमा उनलाई टक्कर दिने अभिनेता नहुँदा आर्यन हाबी भए । फिल्म सफल होस् या असफल, आर्यनलाई लिएर निर्माता फिल्म बनाउन लागिरहेका छन् । आर्यनको कमाई पनि बढेको छ, तर धेरै फिल्म चलेका छैनन् ।

Most Visited News (monthly)