Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15607 - 15612 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-11, बुधवार

बिहानी शोमा नै काठमाण्डौको गोपिकृष्ण हल पुगेका अभिनेता निखिल उप्रेती, अभिनेत्री निशा अधिकारी दंग देखिए । हलमा देखिएको दर्शकको भिडले उनीहरुलाई आफ्नो काम सफल भएको महशुश भयो । गोपाल कायस्थको प्रस्तुती रहेको  फिल्म लुटेरा आजबाट देशभर प्रदर्शनमा आएको छ । गोपालकै भनाई मान्ने हो भने पनि यो फिल्म ८० वटा हलमा रिलिज भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-11, बुधवार

अभिनेता जीवन लुइटेल अहिले अमेरिकामा छन् । फिल्म हिट नभएपनि फिल्मको कमी त थिएन उनलाई त्यही पनि भविष्य सोचेर होला उनी अमेरिकामा ग्रिन कार्डको जोहो गर्न लागेका छन् ।  उनी अमेरिकामा रहेपनि उनले अभिनय गरेका फिल्म भने निरन्तर हलमा लागिरहेका छन् ।

एजेन्सी, मुम्बई, 2015-11-10, मंगलवार

फिल्म रिलिज हुन दुई दिन मात्र बाँकी छ तर सलमान खान अभिनित ‘प्रेम रतन धन पायो’को कमाईका  बारेमा अनुमानको खेति सुरु भईसकेको छ । अघिल्ला वर्षमा हल्का फुल्का कमेडी र एक्सन फिल्म खेलेर पनि धडाधड सय करोड क्लब प्रवेश गराएका सलमानको छवि ‘बजरंगी भाइजन’ले फेरि दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-10, मंगलवार

निर्माता निर्देशक शोभित बस्नेतका भुईंमा खुट्टा छैनन् । नहुन् पनि किन ? रिलिज नहोला कि भनेर थन्किएको फिल्म रिलिज हुने मात्र होइन ५ दर्जन भन्दा बढी हल पाउने भएपछि शोभित दंग परेका हुन् । एउटा समूहका वितरकको सेखी झार्न अर्को वितरकको समूहले ‘जाऊँ हिँड पोखरा’ च्यापेपछि शोभितका दिन फर्किएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-10, मंगलवार

अभिनेता निखिल उप्रेतीको हिजोआजको शैली हेर्दा उनी कुनै नेता भन्दा कम लाग्दैनन् । निखिलमा मुम्बइबाट फर्किएपछि नेता बन्ने शैली देखिएको छ ।मुम्बइबाट फर्किएपछि निखिलको मुखमा अहिले स्वाधिनता, राष्ट्रियता र नेपाली फिल्मको मात्र चर्चा हुन थालेको छ । फिल्म लुटेराको पत्रकार सम्मेलनमा पनि ‘लुटेरा’को बिषयमा बोलिसकेपछि निखिलको मन्तव्य सकियो होला भन्ने धेरैलाई लागेको थियो ।

एजेन्सी, मुम्बई, 2015-11-09, सोमवार

ज्यादाजसो समय बलिउड अभिनेत्रीहरु एक अर्काको कुरा काट्न व्यस्त हुन्छन् । फिल्म हिट हुँदा आरिस गर्ने र फ्लप हुँदा खुच्चिङ गर्नमा माहिर नै छन् । तर ‘रज्जो’ उर्फ सोनाक्षी सिन्हा भने राम्रो काम गर्ने अभिनेत्रीको प्रशंसा गर्न पनि पछि पर्दिनन् । हालसालै पनि उनले एक कुराकानीमा आफूलाई कंगना रनावत प्रतिभाशाली लाग्ने बताइन् ।

Results : 15607 - 15612 of 24018