Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

प्रचारमा सधैं किन गायब अनु ?

फिल्मीखबर, काठमाडौं, 2016/01/04

काठमाण्डौमा हालै मात्र आयोजना भएको फिल्म ‘लक्ष्य’को फस्टलुक कार्यक्रममा अभिनेत्री अनु शाह देखिइनन् । अनुलाई कार्यक्रममा आउनका लागि निर्माणपक्षले फोन पनि गरेका थिए, तर उनी उपस्थित भइनन् । अनु उपस्थित नभएपनि फिल्मकी अर्की कलाकार सारिका केसी देखिइन् । जसले गर्दा सारिका कार्यक्रमको हाइलाइटमा बनिन् । अनु नआउनुको कारण न त निर्माणपक्षसँग नै छ, न त अनुसँग ।


यो फिल्ममा अनुले गरेको अर्को गल्ती पनि धेरैलाई थाहा नहुन सक्छ । यो फिल्म भित्र अनुले जुन भूमिका निर्वाहा गरेकी छिन्, त्यो पहिले सारिकाका लागि दिइएको थियो । तर, फिल्म ‘बाजिगर’को छायांकनमा रहेको समयमा आउछु भनेर पनि नआएपछि अनुको भूमिका सारिकालाई दिइएको थियो । अनुले पछि सारिकाले गर्ने भनिएको भूमिका गरिन् ।
फिल्म ‘भैरव’को प्रचारको समयमा पनि समय नदिएर गम्किएकी अनुले पछि फिल्म हिट भएपछि मात्र प्रचारमा हिडेकी थिइन् । तर फिल्म रिलिज अघि प्रचारमा निर्माता समेत रहेका अभिनेता निखिल उप्रेतीलाई साथ नदिएकी अनुको पछि प्रचारमा हिडेर पनि खासै चर्चा भएन ।


फिल्म क्षेत्रमा चल्नका लागि अनेक तिकडम लगाउनु पर्छ । तर, नभ्याएको, व्यस्त भएको भन्दै बहाना खोज्ने अनुका लागि यो क्षेत्रमा अगाडि बढ्न गाह्रो हुने स्वयंम फिल्मीकर्मी नै बताउँछन् । अनुले अभिनय गरेका आजसम्मका फिल्ममध्ये ‘भैरव’ हिट भयो, तर क्रेडिट उनको नाममा शुन्य रहन पुग्यो । यस्तो अवस्थामा के उनी वैकल्पिक अभिनेत्री मात्र बनेर टिक्लिन् त ?

Most Visited News (monthly)