Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा थापा अब पाश्र्व गायिका

फिल्मीखबर, काठमाडौं, 2016/01/05

अहिले अभिनेत्रीहरुलाई गायिका बन्ने होड नै चलेको छ । कुन अभिनेत्री गायिका बन्ने र युटुबमा राम्रो दर्शक बटुल्ने भन्ने होडबाजी देखिन्छ । तर अभिनेत्री रेखा थापाले भने आफू युटुबमा गीत नगाउने बताइन् । तर  रेखाले लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘लालजोडी’मा भने आवाज दिएकी छिन् । आज काठमाण्डौमा उनले गीत रेकिडङ गराइन् ।

 

गायक प्रल्हाद तिमिल्सिनासँग मिलेर रेखाले आवाज दिएको यो गीत चल्ने विश्वास छ, निर्देशक सुवेदीलाई । ‘माँ कसम, माँ कसम’ बोलको गीतका शब्दहरु दर्शकको मुखमा झुण्डिने खालका छन् । थानेश्वर गौतमको संगीत रहेको गीतमा लक्ष्मणले नै शब्द लेखेका छन् । अभिनेत्री थापाले हाइ पिचको गीत भएकाले प्रोफेसनल गायिका जस्तो गरि आफूले गाउन नसकेपनि निर्देशक र संगीतकारको हौसलाले काम गर्न सकेको बताइन् । उनले आफूले एल्बम भने ननिकाल्ने जानकारी दिइन् ।

गायक प्रल्हादले रेखाको गायकीलाई १० मा ७ अंक दिए । उनले रेखाले गीत गाउछिन् भनेर थाहा पाएपनि आफूले पहिलो पटक गाउने अवसर पाएको बताए । फिल्मका कलाकार फाइनल भएपनि केही दिनमै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने तयारी छ, निर्माताको । फिल्ममा निखिल उप्रेतीले काम गर्ने जानकारी निर्देशकले दिएका छन् ।

Most Visited News (monthly)