Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15613 - 15618 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-09, सोमवार

अभिनेता निखिल उप्रेतीको जुंँगा अभिनेत्री निशा अधिकारीलाई खुबै मन परेछ । यही शुक्रबार देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लुटेरा’को औपचारिक कार्यक्रममा उपस्थित निशाले कार्यक्रममा फिल्मको कम निखिलको जुँगाको ज्यादा तारिफ गरिन् । निशाले निखिललाई जुँगा खुबै सुहाएको र पहिले भन्दा अहिले झन् योङ र ह्यान्डसम देखिन थालेको निशाको भनाई थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-11-09, सोमवार

अभिनेता अनमोल केसीले फिल्म गाजलुका लागि १० लाख पारिश्रमिक लिएको स्विकार गरेका छन् । उनले आफू अन्य अभिनेताले जस्तो एउटा फिल्मको छायांकन नसक्दै अर्को फिल्मको पछि नदौडने भन्दै काम गर्न लागेको फिल्मप्रती समर्पित हुने बताए । यसैले पनि १० लाख पारिश्रमिक लिएको अनमोलको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-08, आईतवार

आउँदो पौष १० गते देखि फिल्म ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीको पाँच तारे होटलमा प्रेस मिट गर्दै यो सिक्किमेली फिल्मको बारेमा जानकारी गराइयो । सिक्किम सरकारका मन्त्री गर्जमान गुरुङले फिल्मको ट्रेलर तथा गीतहरु सार्वजनिक गरे ।  खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले अन्तरदेशीय प्रेम सम्बन्धलाई विषय बनाएको छ । निर्देशकले फिल्मले गुरुङ समुदायमा प्रचलित घाँटु नाचलाई जोड्ने सम्बन्धलाई प्रस्तुत गरेको जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2015-11-08, आईतवार

भुवन केसीसँगको डिभोर्स पछि फिल्म क्षेत्रबाट टाढारहेकी सुष्मिता केसी ५ वर्ष पछि अभिनयसँगै निर्माणमा फर्कने भएकी छिन् । छोरा अनमोल केसीलाई निर्माताको रुपमा अगाडि सार्दे सुष्मिताले आइतबार नयाँ फिल्म ‘ ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्म घोषणा गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-08, आईतवार

शुक्रबार देखि अल नेपाल रिलिजमा आएको फिल्म ‘नागरिक’ को विशेष शो आयोजना गरिएको छ । सुन्धारास्थित सिने दि सेफमा आयोजित यो राजनीतिक फिल्मको विशेष शोमा नायिका निशा अधिकारी सहभागी थिइन् । आउँदो साता आफ्नो फिल्म ‘लुटेरा’ प्रदर्शनको चपेटामा रहेकी निशाले फिल्ममा कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-08, आईतवार

फिल्म ‘बागमती’मा अभिनेत्री केकी अधिकारी रकस्टार बनेकी छिन् । ‘सानु एक्लै छौ’ बोलको गीतमा केकीलाई रकस्टारको भूमिकामा देखाइएको छ । केकीले रक स्टार बन्नका लागि केही समय गिटार पनि सिकेकी थिइन । विजय सत्यालको शब्द, एएस रामको संगीत रहेको गीतमा विश्व नेपालीले आवाज भरेका छन् ।

Results : 15613 - 15618 of 24018