Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बलिउड फिल्ममा सुनिल र विल्सन

फिल्मीखबर, काठमाडौं, 2016/01/05

नेपाली फिल्म क्षेत्रका पुराना कलाकार सुनिल थापाले बलिउड फिल्ममा कमब्याक ‘मेरी कोम’ मार्फत गरिसकेका छन् । ‘मेरी कोम’मा सुनिल अभिनेत्री प्रियंका चोपडाको गुरुको रुपमा देखिएका थिए । सुनिलको कमब्याकलाई लिएर खुबै चर्चा भयो । उनै सुनिल थापाले अर्को बलिउड फिल्ममा पनि काम गर्ने भएका छन् ।

 

अभिनेत्री विपाशा वासुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘भाई मस्ट वी क्रेजी’मा सुनिल थापा पनि देखिनेछन् । यो फिल्मबाट अर्का नेपाली कलाकारले पनि बलिउडमा पाइला राख्न लागेका छन् । चर्चित हाँस्य कलाकार विल्सन विक्रम राइले  यो फिल्म मार्फत बलिउडमा पाइला राख्न लागेका हुन् । फिल्मको निर्देशन विनय शर्माले गर्न लागेका छन् ।


फिल्मको छायांकन सम्पूर्ण नेपालमा हुने चर्चा थियो । तर, नेपालमा भारतले अघोषित नाकाबन्दी लगाएकाले छायांकन प्रभावित भएको हो । अब, ४५ दिनसम्म फिल्मको छायांकन थाइल्याण्डमा हुने पक्का भएको छ ।फिल्ममा अर्का चर्चित बलिउड कलाकार पंकज कपुर देखिनेछन् । जसले फिल्ममा डनको भूमिका गर्नेछन् ।

 

जंगलमा विपाशाले पंकजलाई पछ्याएको दृश्य खिचिनेछ । सुनिललाई फिल्ममा एग्रिमेन्ट गरिसकिएको छ । अर्का कलाकार विल्सन विक्रमलाई संझौता गर्न र नेपाल घुम्न निर्देशक विनय नेपाल चाँडै आउने कुरा छ ।  फिल्म छायांकनका लागि  विल्सन र सुनिल जनवरीको अन्तिममा थाइल्याण्ड जानेछन् ।

Most Visited News (monthly)