Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

सकिन लाग्यो सञ्जय दत्तको जेलजीवन

फिल्मीखबर, काठमाडौं, 2016/01/06

वलिउड अभिनेता सञ्जय दत्त अब धेरै दिन जेल रहने छैनन् । १९९३ को मुम्बई घटनामा दोषी ठहर भएपछि जेल पुगेका यी अभिनेता आउँदो फेब्रुअरी २७ मा जेलबाट रिहा हुन लागेको बलिउड अनलाईनहरुले लेखेका छन् ।

फेब्रुअरी २७ मा जेलबाट रिहा हुँदै गर्दा उनी तोकिएको सजाय अवधि भन्दा १ सय ५ दिन पहिले नै जेल जीवनबाट मुक्त हुनेछन् । जेलमा रहँदा उनले देखाएको सहनशिलता तथा अनुशासनसँगै उनको फ्यानफलोईङ छबिले करिब साढे तीन महिना पहिले नै उनलाई घर फर्किन सहज बनाएको बिश्लेषण गरिएको छ ।

जेलमा रहँदा पाएको छुट्टीमा भने उनी विशेष सुरक्षासहित घर जाने र फर्किने गरिरहेका थिए । ४२ महिनाको जेल सजाय स्वरुप महाराष्ट्रको यरवडा जेलमा जीवन कटाईरहेका सञ्जयदत्तले समय समयमा पाउने छुट्टीलाई उपयोग गर्दै फिल्म स्क्रिनिङमा समेत सामेल हुने गरेका थिए ।

Most Visited News (monthly)