माघ १ गते फिल्म ‘फन्को’ प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलरले अहिले दर्शकको मन पनि जितेको छ । यो फिल्म चर्चामा रहनुको अर्को कारण हो, ‘ठुङ्द’े बोलको गीत । गीत सामान्य भएपनि यही एउटा शब्दले चर्चा पाइरहेको छ । निर्माता नरेन्द्र महर्जन फिल्मको यही गीतलाई विभिन्न तबरले प्रमोशन गरिरहेका छन् ।
यतिसम्मकी फिल्मको यो गीतको प्रचारका लागि उनले ठुङ्दे स्ट्याचु पनि बनाएका छन् । सामाजिक संजालमा अहिले यो भाइरल बनिरहेको छ ।ठुङ्दे सार्वजनिक गर्नु भन्दा केही महिना पहिला निर्माताले लोकल ब्यूटी बोलको गीत सार्वजनिक गरेका थिए । दसैको छेको पारेर गीत सार्वजनिक गरियो । हटौडामा ३ दिनसम्म सेट लगाएर निर्माताले गायिका इन्दिरा जोशीलाई यो गीतमा नचाएका पनि थिए ।
इन्दिराको कम्मर लच्काइले यो गीत हिट हुने सोच थियो, निर्माता र संगीतकार चेतन सापकोटाको । तर, इन्दिराको लोकल ब्यूटी सोचेजस्तो हिट भएन । अहिले त, फिल्ममा यो गीत छ र भन्नु पर्ने अवस्था छ । ठुङ्दे बोलको गीतले इन्दिराको कम्मर लच्काइलाई नै माथ खुवाइदिएको छ ।

