Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमाल र शिवको एक स्वर ’बागमती’ दमदार

फिल्मीखबर, काठमाडौं, 2016/01/05

अभिनेता राजेश हमाल र शिव श्रेष्ठले बर्षौपछि सँगै काम गरेको फिल्म हो, ‘बागमती’ । यही शुक्रबारबाट रिलिजको क्रममा रहेको साउथ ईण्डियन निर्देशकको यो फिल्मप्रति दर्शकदिर्घामा त उत्सुकता र कौतुहलता छ नै यस फिल्मसँग जोडिएका कलाकारहरुको समेत मन ’ढुकढुक’ छ रे ! मंगलबार राजधानीमा सँगै भेटिएका हमाल र शिवले फिल्मलाई लिएर बैचेनी रहेको बताए ।



हमाल र शिवले निर्माण युनिटसँगै बसेर मंगलबार बिहान एक हलमा फिल्म पनि हेरेका छन् । त्यसपश्चात भने दुबै जना निकै उत्साहित देखिएका थिए । पहिला पहिला त साउथ ईण्डियन प्रविधि जोडिएको फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता मेटिएको छ, उत्कृष्ट फिल्म बनेको छ’ हमालले भने ।  । राष्ट्रिय महत्वको विषय बोकेको ’बागमती’ नदी सरसफाईसँग समेत जोडिएको यो फिल्म ऐतिहासिक बनेको उनको भनाई थियो ।



अन्य फिल्मको प्रचारमा हमालले साथ नदिने गरेको आरोप लागिरहँदा यो फिल्मको लागि भने हमाल मरिमेटेर लागेका छन् । मंगलबार अर्को एक फिल्मको सुटिङ रोकेर नै हमाल फिल्म हेर्न हल आईपुगेका थिए । हमालले मोफसलमा समेत पुग्दा ’बागमती’ प्रति रिलिज अगाबै बनेको क्रेजले उत्साहित बनाएको भन्दै हलमा पनि त्यो साथ मिल्ने आशा व्यक्त गरे ।


त्यस्तै ’एक्शन किङ’को रुपमा परिचित अर्का अभिनेता शिवले महानायकको उपमा पाईसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै ‘सस्पेन्स’, ‘थ्रिलर’, ‘ईमोशनल’ प्रकृतिको ‘बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मुल्यांकन गरिदिन आग्रह गरे । ‘सन्नि केरला जस्तो निर्देशक नेपालमा १० बर्ष अगाडि प्रवेश गरेको भए, नेपाली फिल्म उद्योगकै  कायापलट हुन्थ्यो, २ दशक लामो करियरमा पहिलो पटक खास निर्देशकसँग काम गरेको अनुभुति भयो’ श्रेष्ठले ठोकुवासाथ भने ।



पोष्ट प्रोडक्शनको सम्पूर्ण काम भारतमा नै गरिएको फिल्मको मेरुदण्डको रुपमा, निर्देशक, सिनेमाटोग्राफी, साउण्ड तथा राजेश हमाललाई लिईएको छ । एक सशक्त मनोरञ्जनात्मक फिल्म निर्माणको लागी कुनै कञ्जुस्याईँ बाँकी नगरेको भन्दै प्रस्तुतकर्ता बिजय सत्यालले अबको जिम्मा दर्शकको हातमा रहेको बताए ।


 
फिल्म प्रस्तुतीमा बिजयले दिनेश दर्शनधारीसँग सहकार्य गरेका छन् भने अनिष नापित फिल्मका कार्यकारी निर्माता हुन् । यशोधा राई, सुवर्ण महर्जन लगायतको समेत लगानी रहेको फिल्ममा हमाल र शिवसैगै ध्रुब कोईराला, रविकर घिमिरे, कञ्चन ठकुरी, श्रेया कार्की, केकी अधिकारी लगायतको अभिनय रहेको छ ।

Most Visited News (monthly)