Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

नयाँ बर्ष क-कस्को पेवा ?

फिल्मीखबर, काठमाडौं, 2016/01/06

नेपाली फिल्मका लागि चैत्र महिनाको अन्तिम साता यस्तो डेट हो, जसलाई नेपालका हस्ती निर्माता आफ्नो भन्छन् । यस्तो लाग्छ, यो डेट उनीहरुले फिल्मको रिलसँगै बोकेर आएका हुन् । अनि, त्यो डेटमा उनीहरु मात्र आउनुपर्छ, अरु आउनु भनेको ठूलो गल्ती गर्नु हो ।


नयाँ बर्षको एक दिने बिदाका लागि देखिएको चैत्रको अन्तिम शुक्रबारको लडाई यो बर्ष पनि देखिनेछ । यो बर्ष देखिने भिडन्तमा पनि त्यही वाक्य दोहोरिएको छ, जुन सधै दोहोरिन्छ ।
भूकम्प आओस् वा ठूलो विपत्ती नै किन नपरोस्, चैत्रको अन्तिम शुक्रबार मेरै हो भनेर हात उठाउने पहिलो व्यक्ति हुन्, छविराज ओझा । छवि ओझाको अगाडि जसले पनि यो मितिमा फिल्म लगाउन खोज्छ, त्यो उसकै गल्ती हो ।


छवि ओझासँग प्रज्ञा जोशीले ‘नोटबुक’ चलाउन खोज्दा ठूलै बबाल भयो । पछि, यो मितिमा निर्माता तथा निर्देशक विकास आचार्य देखिए । विकासले बनाएको ‘नाई नभन्नु ल २’ र ‘३’ यही मितिमा लगाए ।  विकास आचार्यको ‘नाई नभन्नु ल ४’ पनि यही मितिमा लाग्दैछ । विकास र छविले पेवा बनाएको मितिमा अब अभिनेत्री रेखा थापा पनि आउँदैछिन् । रेखाको फिल्म वास्तवमा यो मितिमा आउने थिएन ।

 

तर, भूकम्पका कारण फिल्मको छायांकन सही समयमा नभएपछि रेखाले दसैबाट चैत्रको अन्तिम साता सर्ने निर्णय गरिन् । यो महाभिडन्तमा बाजी मार्ने कसले हो, भोली नै थाहा होला । तर, हात उठाएको भरमै नेपालका चर्चित निर्माता आफूलाई अब्बल भएको दाबी गर्छन् । दसै, तिहार, नयाँ बर्ष, छठ हुन् या माघे संक्रान्ती, उनै निर्माताको पेवा बनेको छ, जसरी बलिउडमा खानको पेवा इद, दिवाली र क्रिसमस मानिन्छ ।

Most Visited News (monthly)