Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बतास सुस्तरी नै चलाउने कि गति बढाउने ?

फिल्मीखबर, काठमाडौं, 2016/01/06

माघ २९ नेपाली फिल्म रिलिजमा ऐतिहासिक बन्ने त निश्चित भईसकेको छ  । ब्यापक प्रचार र मिडियाबाजी सहित दुई फिल्म 'प्रेम गीत' र 'क्लासिक' उद्याइएको
 'तरवार ' जस्तै  बनिसकेका छन् ।
तर यी दुईसँगै भिड्ने अर्को फिल्म ’चलेछ बतास सुस्तरी’ भने प्रचारमा मौन  छ ।


त्यसो त फिल्म निर्माता प्रदिप भारद्वाजलाई धेरैले फिल्मको रिलिज सार्न आग्रह गरेका थिए । तर स्कृप्ट लेखकबाट निर्माता बनेका उनी नेपालका सबै निर्देशकको नाडी छामेको भन्दै आफ्नो फिल्म उनीहरुको भन्दा उत्कृष्ट भएको आत्मविश्वासका साथ भिड्न तयार देखिए । तर प्रचारमा देखिएको सुस्तताले भने बिजनेश पनि फिल्मको नाम जस्तै हुने त होईन् भन्ने शंका समेत उब्जाएको छ ।

सांगितिक पक्षलाई कुरा गर्दा ‘चलेछ बतास सुस्तरी’ पनि अन्य फिल्मभन्दा कम देखिएको छैन् । यसअघि सार्वजनिक भएका अडियो तथा भिडियो गीत सशक्त छन् । तर प्रचार नै कम भयो भने त्यसले के अर्थ लाग्ला ? कतै राम्रो बन्दा बन्दै त यो फिल्मले पानी भन्न नपाउने अबस्था आउने त होईन् ?

Most Visited News (monthly)