Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15601 - 15606 of 24290
फिल्मीखबर, काठमाडौं, 2016-01-11, सोमवार

बहुप्रतिक्षित  फिल्म ‘ड्रिम्स’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सुन्धारास्थित सिने दि सेफ सिनेमा हलमा फिल्मको ट्रेलर लन्च गरिएको हो । ट्रेलरमा अनमोलको दोहोरो चरित्र देखाईएको छ । एक भागमा उनी लभरब्वाई देखिएका छन् भने अर्को भागमा ब्याडब्वाई देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-11, सोमवार

समाजसेवी दिलशोभा श्रेष्ठको रविभवनस्थित ‘आमा घर’ को संरक्षणमा रहेका वृद्ध आमाहरुलाई आकाश अधिकारीले ब्ल्याङ्केट हस्तान्तरण गरेका छन् । यी परोपकारी निर्देशक, निर्माता तथा अभिनेताले ‘आमा घर’ मा रहेका ३८ जनालाई पुग्ने जाडोको न्यानो ब्ल्याङकेट र म्याट प्रदान गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-01-11, सोमवार

फिल्म ‘कैफियत’ माघ २२ गतेबाट देशभर रिलिज हुँदैछ । फिल्ममा अभिनेत्री नन्दिता केसी मात्र पुरानी कलाकार छिन् । फिल्मका निर्देशक, अभिनेता, निर्माता सबै नयाँ छन् । यसैले पनि ‘कैफियत’ चल्नमा अभिनेत्री केसीको महत्वपूर्ण भूमिका हुने देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-10, आईतवार

फिल्म निर्माता विकास आचार्य साच्चिकै भाग्यमानी छन् । फिल्म ‘नाई नभन्नु ल’ को सिक्वेल बनाएरै आम्दानी गरिरहेका छन् उनले । विकासको यो फिल्म चल्ने पक्का जस्तै हुन्छ । यसैले यो फिल्म चलाउन वितरकदेखि हलवालाहरुमा पनि तछाडमछाड देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-10, आईतवार

माघ २९ मा नेपाली तीन फिल्म रिलिज हुँदैछन्, यो जानकारी दर्शक तथा पाठकको लागि पुरानो भईसक्यो । यो मितिमा ‘प्रेमगीत’, ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’ रिलिज हुँदैछन् ।  तर मल्टिप्लेक्स ताकेका  ‘क्लासिक’ र ‘प्रेम गीत’को यात्रा भने सहज बन्ने देखिँदैन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-10, आईतवार

बारबार प्रदर्शन मिति तय भएर पनि रिलिज हुन नसकेको फिल्म ‘राहदानी’ अब भने रिलिज हुने छाँट देखिएको छ । निर्देशक डब्बु क्षेत्रीका अनुसार फिल्म चैत्र १२ मा रिलिज हुने भएको छ । यसअघि चार, पाँच पटकसम्म मिति तोकेर अन्त्यमा रिलिज हुन नसकेको फिल्म अब पर्दामा आउला त ? धेरैको कौतुहलताको बिषय बनेको छ ।

Results : 15601 - 15606 of 24290