Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका पछि दीपिका पनि हलिउडमा

एजेन्सी, मुम्बई, 2016/01/07

बलिउड अभिनेत्री दिपिका पादुकोणले हलिउडमा फिल्म गर्दै गरेको समाचारले यसअघी नै हंगामा मच्चाईसकेको छ । अब उनले गर्ने फिल्मको सुटिङ तालिका नै सार्वजनिक भईसकेको छ । बलिउड अनलाईनहरुले लेखेअनुसार फेब्रुअरीबाट उनले सुटिङ सेट जोईन गर्नेछिन् ।

 

दिपिकाले यो कुरा पुष्टी नगर्दैगर्दा उनका निर्देशकले भने टुईटर मार्फत यो कुराको खुलाशा गरेका हुन् । फिल्म 'ट्रिपल एक्स'मा दिपिकाले हलिउड एक्शन हिरो विन डिजलसँग अनस्कृन रोमान्स गर्दैछिन् । बलिउडका धेरै स्टार कलाकारले हलिउड फिल्म गर्नेकुरा समय समयमा बाहिरिएपनि अन्त्यमा अस्विकार गरेको कुरा बाहिर आउने गरेको थियो ।

 

त्यसो त यसअघी दिपिकाले नै गत बर्षको हिट सिरिज 'फास्ट एण्ड फ्यरियस ७' मा काम गर्न आएको प्रस्ताव अस्विकार गरेकी थिईन् । दिपिकाले 'बाजिराव मस्तानी' फिल्मको लागी भनेर नै यो फिल्म छाडेको चर्चा बाहिर आएको थियो ।

Most Visited News (monthly)