Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

भुवन र अनमोलको `ड्रिम्स`लाई छैन कसैको `थ्रेट`

फिल्मीखबर, काठमाडौं, 2016/01/06

करिब १६ महिनाको अन्तरालमा युवा स्टार अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स' फागुन २१ मा रिलिज हुँदैछ । पिता भुवन केसी निर्देशित फिल्ममा अनमोलले अभिनय गरेका छन् । फिल्म रिलिज हुन अझै दुई महिना बाँकी छ । प्रतिस्पर्धी फिल्म निर्माता निर्देशनहरुले कदम अघी बढाईरहँदा भुवन भने प्रचारको लागी हतारो गरिरहेका छैनन्, यसको मुख्य कारण हुन् अनमोल ।

 

'होस्टेल' फिल्मबाट नेपाली फिल्मी दुनियाँमा उदाएका यी युवाले लगातार दुई हिट फिल्म दिए । 'होस्टेल'बाट उनले जुन क्रेज बनाए, त्यसको दोब्बर क्रेज पछिल्लो फिल्म 'जेरी'बाट थपियो । अहिले अनमोल भनेपछि मरिमेट्ने धेरै फ्यान उनले कमाएका छन् । यतीसम्मकी सामाजिक सञ्जालमा कैयौं 'टिनेजर्स लेडिज' हरुले 'माई ड्रिम्स व्वाई' लेखेर समेत उनकै तश्विर पोष्ट गर्छन् ।

 

 

त्यसैले अनमोल नाम नै भुवनको 'ड्रिम्स'को लागी एउटा ब्राण्ड हो । एक त स्टार पावरका धनी भुवन त्यो माथी युवा स्टार तथा छोटो समयमै लोकप्रिय बनेका अनमोल भएकै कारण यो फिल्मको लागी अन्य कुनै फिल्म पनि थ्रेट मानेको छैन् निर्माण टिमले । अनमोल नाम नै काफी छ, 'ड्रिम्स'को लागी । त्यसैले त अनामनगरदेखी बागबजारसम्मका होटलदेखी चिया पसलसम्म अनमोलको फिल्म बिना प्रचार सिधै हलमा ल्याए पनि सुपरहिट हुन्छ भन्ने चर्चा चलिरहन्छ ।

 

केहि हप्ता पहिले पोस्टर सार्वजनिक गरेका भुवन अहिले आफ्नो फिल्मको ट्रेलर तथा गीतलाई फाईनल गर्नमा व्यस्त छन् । 'जतिसक्दो राम्रो र दर्शकको तन-मनमा बस्ने खुराक सार्वजनिक गर्दैछु, त्यसैले अनावश्यक प्रचारबाजीको पछि म छैन्, ढिला होओस् तर राम्रो होओस्, भुवन सुनाउँछन् । यो फिल्ममा दिवाकर भट्टराई एसोसिएट निर्देशकको रुपमा छन् भने अनमोलसँगै साम्राज्ञ्यलक्ष्मी र सन्ध्या केसी लिड रोलमा छन् ।

Most Visited News (monthly)