फिल्म 'ठमेल डटकम' चल्ने बेलामा, एउटा खबर सार्वजनिक भयो थियो, जसमा फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही र उनकी प्रेमिका मलिना जोशीको व्रेकअप भयो । मलिना अमेरिका गएर नफर्किएपछि अनुप उनीसँग चिडिएको र अलग भएको खबर बाहिर आएको थियो । खबर, सार्वजनिक भएको केही समयमा नै मलिना नेपाल आइन् । अहिले अनुप र मलिना एकसाथ देखिन पनि थालेका छन् ।
तर, अनुप र मलिनाको सम्बन्ध पहिलेको जस्तो छैन । उनीहरुमा विभिन्न कारणले एक अर्काविच दुरी बढेको छ । दुरी बढ्नुको कारण नखुलेपनि यी दुइको प्रेम पहिलेको जस्तो छैन । मलिना र अनुप अलग भएका भने होइनन् । मलिनासँग दुरी बढेको समयमा अनुप एक अभिनेत्रीसँग केही दिन अगाडि एउटा पार्टीमा सँगै आए र फर्किए । फिल्म ‘वन वे’ कि डेब्यू अभिनेत्री माला लिम्बु र अनुप एकसाथ आएर फर्किएका थिए ।
माला र अनुपको चिनजान अहिलेको भने होइन । यी दुइको चिनजान अनुपले अभिनय गरेको फिल्म ‘सौयर्’ रिलिज अगाडि नै भएको हो । मालाको सम्बन्ध मलिनासँग पनि राम्रो रहेको उनको फेसबुकको तस्बिरले पनि देखाउँछ ।मलिना र अनुपको दुरी बढेको समयमा मालासँग अनुप देखिन थालेका छन् । यी दुइको निकटताले फिल्मी बजारमा गसिपको स्थान त पक्कै पनि पाउनेछ ।

