Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15595 - 15600 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-17, मंगलवार

अभिनेता निखिल उप्रेती अब राजनीतिक बिषयवस्तुमा बन्न लागेको फिल्ममा देखिने भएका छन् । छठ पर्वको अवसरमा केही दृश्य खिच्नका लागि फिल्म ‘संरक्षण’को टिम विरगञ्ज पुगेको छ । फिल्मको छायांकन सुरु नभएपनि छठका केही दृश्य मात्र खिचिएको हो ।

एजेन्सी, मुम्बई, 2015-11-17, मंगलवार

बलिउडका चर्चित अभिनेता सन्नी देओलले आफ्नो सुपरहिट फिल्म ‘घायल’को सिक्वेल तयार पारेका छन् । ‘घायल वन्स एगेन’ नाममा बनेको फिल्म सन् २०१६ को जनवरीमा प्रदर्शनमा आउँदैछ । सन्नीलाई घायलको सिक्वेल बनाएसँगै आफ्ना हिट फिल्मको सिक्वेल बनाउने सोच पलाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-16, सोमवार

बिगत १२ वर्षदेखि निरन्तर चलिरहेको हास्य टेलिशृंखला ‘तीतो सत्य’ बन्द भएको छ । शृंखला निर्देशक दीपकराज गिरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै टेलिशृंखला बन्द भएको जानकारी गराएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-16, सोमवार

अभिनेत्री पूजना प्रधानले निर्माण गरेको फिल्म ‘चकलेट’ मंसिर १८ गतेबाट चल्दैछ । आम फिल्मले झैं यो फिल्मले द्धन्द्ध र प्रेमको वासी कथा पस्कने छैन । सडक बालबालिकाको कथामा बनेको यो फिल्मले सन्देश दिनेछ । हाँस्य कलाकार निर्मल शर्माले पहिलो पटक निर्देशनमा हात हालेकाले पनि उनका लागि विशेष चुनौती बनेको छ यो फिल्म ।

फिल्मीखबर, काठमाडौं, 2015-11-16, सोमवार

फिल्म क्षेत्र फेरि यतिबेला पुराना कलाकार र निर्माताको भरमा पर्न थालेको छ । नयाँ कलाकार तथा मेकरको बलमा फिल्म क्षेत्र गतिलो तबरले अगाडि बढेन । निखिल उप्रेती, विराज भट्ट, सरोज खनाल हराए । झरना थापा, रेखा थापा जस्ता कलाकारले कम फिल्म खेल्न थाले । फिल्म क्षेत्रमा आर्यन सिग्देल, जीवन लुइटेल, केकी अधिकारी, प्रियंका कार्की जस्ता कलाकारको हालिमुहाली बढ्न थाल्यो ।

रेम बिक, पोखरा, 2015-11-16, सोमवार

निर्देशक राजु गिरीले नयाँ फिल्मको घोषणा गरेका छन् । उनको नयाँ फिल्मको नाम ‘लभ क्याफे’ हुनेछ । गिरीले आईतबार पोखरामा फिल्मको घोषणा गरेका हुन् । नयाँ फिल्म घोषणा सँगै उनले आफ्नो पछिल्लो फिल्म ‘बिन्दास ३’को अडियो पनि सार्वजनिक गरे ।

Results : 15595 - 15600 of 24018